Search

नेपालको महिला क्रिकेट टिमले पहिलो पटक विश्वकप खेल्ने

नेपालको महिला क्रिकेट टिमले पहिलो पटक विश्वकप खेल्ने

नेपाल सम्वत् ११४५, कछलाथ्वः १३ (२९ कार्तिक, २०२४, १४ नोभेम्वर, २०२४) बिहीवार, बाँपीझ्याला । विश्व क्रिकेटमा नेपाली पुरुष यु–१९ क्रिकेटको छवि गर्व गर्नलायक छ । यु–१९ पुरुष क्रिकेटले आठ पटक विश्वकप खेलेको छ । आफ्नै उमेर समूहका पुरुष टिमको सिको गर्दै नेपालको महिला यु–१९ क्रिकेट टिमले बुधबार आइसिसी यु–१९ विश्वकपमा खेल्ने सपना साकार पारेको छ । नेपालको महिला क्रिकेट टिमले पहिलो पटक विश्वकप खेल्न लागेको हो । यसअघि नेपाली पुरुष क्रिकेटको यु–१९ तथा सिनियर पुरुष क्रिकेट (दुई पटक टी–२०) ले मात्र विश्वकप खेलेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबइस्थित दी सेभेन रङ्गशालामा भएको आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा घरेलु टिम युएईलाई आठ विकटले हराएपछि नेपालको महिला यु–१९ टिमले इतिहास बनाएको हो । नेपालले अब १६ टिम सहभागी हुने विश्वकपमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डविरुद्ध समूह डीमा खेल्ने छ ।

यु–१९ महिला विश्वकप पनि मलेसियामा अर्को वर्ष आयोजना हुने छ । युएईविरुद्धको जितले नेपाल विश्वकपमा मात्र होइन, यु–१९ महिला एसिया कप खेल्न पनि योग्य भयो । अर्को महिना मलेसियामै हुने यु–१९ महिला एसिया कपमा नेपालले समूह बीमा भारत र पाकिस्तानसँग खेल्ने छ ।

बुधबारको खेलअघि नेपालको विश्वकप खेल्ने सम्भावना कमजोर थियो । डबल राउन्डरोविनको संरचनामा चार टिमबिच भएको प्रतियोगितामा शीर्ष स्थानमा रहने टिम विश्वकपमा चयन हुने प्रावधान छ । फाइनलमा रूपान्तरित अन्तिम खेलअघि युएई पाँच खेलमा पाँच जितसहित शीर्ष स्थानमा थियो । पहिलो खेलमा नेपाल युएईसँग १३ रनले पराजित भइसकेको थियो । त्यसैले विश्वकपमा चयन हुन बलियो युएईलाई ठुलो अन्तरमा हराउनुपर्ने समीकरण हुँदा नेपालका लागि विश्वकप टाढै प्रतीत हुन्थ्यो ।

तर पहिले ब्याटिङ गरेको युएईलाई निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८३ रनमा रोकेपछि नेपालको विश्वकप खेल्ने यथार्थपरक अवसर मिल्यो । अब युएईको ८४ रनको लक्ष्य १६.२ ओभरमा पूरा गरेमा नेपाल विश्वकपमा चयन हुने समीकरण बनेको थियो । नेपाली युवा महिला ब्याटरले सो अवसर खेर जान दिएनन् ।

नेपालले १४.४ ओभरमै दुई विकेटको क्षतिमा ८६ रन बनाएर खेल जित्यो र अन्ततः नेपालको यु–१९ महिला टिमले पनि विश्वकप खेल्ने सपना साकार पा¥यो । महिला यु–१९ विश्वकपको यो मात्र दोस्रो संस्करण हो । पहिलो संस्करणमा नेपाललाई निराश बनाउँदै युएई चयन भएको थियो । तेस्रो संस्करण सन् २०२७ मा नेपाल र बङ्गलादेशले संयुक्त रूपमा आयोजना गर्दै छ ।

नेपालको यु–१९ टिमले युएईलाई विश्वकप खेल्नबाट वञ्चित पारेको यो लगातार दोस्रो वर्ष हो । गत फागुनमा नेपालको युवा क्रिकेट टिमले आइसिसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई नै उसकै भूमिमा नाटकीय रूपमा हराएर विश्वकपमा चयन भएको थियो ।

नेपालले कुल छ खेलमा पाँच जित र एक हारसहित कुल दस अङ्क बनायो । समान दस अङ्क नै बनाएको युएई रन औसतमा नेपालभन्दा पछाडि प¥यो । सो प्रतियोगतामा दुई खेल जितेको थाइल्यान्ड तेस्रो र जितविहीन कुवेत पुछारमा रह्यो । अन्तिम दिन थाइल्यान्डले कुवेतलाई १०४ रनले हराएको थियो ।

युएईकी कप्तान समाइरा धानिधर्काले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सही साबित भएन । प्रारम्भिक बलर कृष्मा गुरुङले चार ओभरमा १७ रन खर्ची चार विकेट लिएर युएईको पालि धराशायी बनाउनुभयो । रिया शर्मा र सिमा केसीले दुई/दुई तथा रचना चौधरीले एक विकेट लिएर कृष्मालाई उचित साथ दिनुभयो । कप्तान पूजाले विकेट लिन नसके पनि चार ओभरमा मात्र ११ रन खर्चेर सटिक बलिङ गर्नुभयो । युएईका लागि कप्तान समाइराले सर्वाधिक ३१ रन बनाउनुभयो ।

यद्यपि उहाँले सो रन बनाउन ४८ बलको सामना गर्नुभएको थियो । यसै गरी रिनिथा राजितले २० तथा लाभान्या केनी र इन्दुजा नन्दकुमारले दस/दस रन बनाउनुभयो । नेपालको जबाफमा प्रारम्भिक ब्याटर सना प्रवीणले आफ्नो खेल जीवनकै महìवपूर्ण पालि खेल्नुभयो । सनाले ४२ बलमा सर्वाधिक ३५ रन बनाउनुभयो ।

RSS Error: WP HTTP Error: cURL error 28: Connection timed out after 10000 milliseconds

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment