Search

अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जित्यो

अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जित्यो

नेपाल सम्वत् ११४४ कछलाथ्वः ११ (२७ कार्तिक , २०८१) नोभेम्बर १२, २०२४ , मंगलबार, बाँपीझ्याला । अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सिरिज २-१ ले जितेको हो । बंगलादेशले दिएको २४५ रनको लक्ष्य पछाएको अफगानिस्तानले रहमनुल्लाह गुरबाजको १०१ तथा अजमतुल्लाह ओमरजाइको ७० रनको मद्दतले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २४४ रन बनाएको थियो । योसँगै अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज २-१ ले जितेको छ । सिरिजमा पहिलो खेल अफगानिस्तानले जितेको थियो भने दोस्रो खेल बंगलादेशले जितेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!