नेपाल सम्वत् ११४४ कछलाथ्वः १० (२६ कार्तिक , २०८१) नोभेम्बर ११, २०२४ , सोमबार, बाँपीझ्याला । भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक सञ्जय बांगरका छोरा आर्यनले हालै सामाजिक सञ्जालमा एउटा भिडिओ शेयर गरेर सबैलाई चकित पारेका छन् ।
भाइरल भिडिओमा देखाइएको छ कि उनी १० महिनामा केही विशेष औषधि प्रयोग गरेर कसरी परिवर्तन भएका छन् । उनको यो भिडिओ उनको हार्मोनल ट्रान्सफर्मेसन यात्राको हो, जसमा उनी केटाबाट केटीमा परिवर्तन भएको देखिएका छन् । उनले लामो सन्देश पनि लेखेका छन् र परिवर्तनका बारेमा आफ्नो अनुभव बाँडेका छन् । आर्यन केटाबाट केटीमा परिवर्तन भएकी छन् । उनले औषधि र शल्यक्रिया गरेर आफ्नो शरीर परिवर्तन गरेकी छन् ।
यो जानकारी उनले आफैंले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत दिएकी छिन्, जहाँ उनले आफ्नो नाम अनाया राखेकी छिन् र अहिले उनको भिडिओ र तस्वीर हेरेर सबैले उनको बारेमा चर्चा गरिरहेका छन् । आर्यन (अनया) केटी बनेपछि उनी निकै खुसी छिन् । आफ्नो इन्स्टाग्राम पोस्टमा उनले लेखेका छन्, ‘मैले क्रिकेट खेल्ने सपना पूरा गर्न धेरै त्याग गरेको छु । तर, यस खेलभन्दा बाहिर मेरो खोजको आफ्नै यात्रा पनि छ । यो यात्रा मेरो लागि सजिलो थिएन, तर, मेरो लागि प्राप्त जीत अरू सबै भन्दा महत्त्वपूर्ण छ ।’
अनया बायाँ हाते ब्याट्सम्यान हुन्, जसले स्थानीय क्रिकेट क्लब इस्लाम जिमखानाबाट क्रिकेट खेल्छिन् । यसबाहेक उनले लेस्टरशायरको हिन्क्ले क्रिकेट क्लबका लागि ब्याटिङबाट धेरै रन बनाएकी छन् । हाल अनाया म्यानचेस्टरमा बस्छिन्, जहाँ उनी देशको एक क्लबबाट क्रिकेट खेल्दै छिन् । यद्यपि उनी कुन क्लबबाट खेल्छिन् भन्ने थाहा हुन सकेको छैन तर, हालैको इन्स्टाग्राम रिलमा उनले एक खेलमा १४५ रन बनाएको देखिएको थियो ।