नेपाल सम्वत् ११४४ कछलाथ्वः १० (२६ कार्तिक , २०८१) नोभेम्बर ११, २०२४ , सोमबार, बाँपीझ्याला । बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । आज बिहान जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको म्यान जैमिनी–७ स्थित जैदीमा दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाका अनुसार ग २ च ९२४७ पिकपअभ्यान सडकदेखि करिब एकसय मिटर तल खसेर दुर्घटना भएको हो । घटनामा मृतकको पहिचान खुलिसकेको छैन । उक्त भ्यानमा सवार एकजनाको जीवितै उद्धार गरिएको सूचना अधिकारी थापाले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।
