नेपाल सम्वत् ११४४ कछलाथ्वः १० (२६ कार्तिक , २०८१) नोभेम्बर ११, २०२४ , सोमबार, बाँपीझ्याला । भारत दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको दोस्रो खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १२५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १२४ रन बनाएको थियो । दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यस अघि पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।
