Search

वेस्ट इन्डिजविरुद्ध इंग्ल्याण्डको लगातार दोस्रो जीत

वेस्ट इन्डिजविरुद्ध इंग्ल्याण्डको लगातार दोस्रो जीत

नेपाल सम्वत् ११४४ कछलाथ्वः १० (२६ कार्तिक , २०८१) नोभेम्बर ११, २०२४ , सोमबार, बाँपीझ्याला । इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १५९ रनको लक्ष्य पछाएको इङल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यो जितपछि इङल्याण्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ । अब सिरिजको तेस्रो खेल शुक्रबार हुने छ ।    

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!