Search

अमेरिकी सिनेटमा रिपब्लिकन पार्टीको बहुमत

अमेरिकी सिनेटमा रिपब्लिकन पार्टीको बहुमत

नेपाल सम्वत् ११४४ कछलाथ्वः ५ (२१ कार्तिक , २०८१) नोभेम्बर ६, २०२४ , बुधबार, बाँपीझ्याला । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ । निर्वाचनको मत परिणाम आउनेक्रममा सय सिटको सिनेटमा रिपब्लिकनका ५१ सिनेटर विजयी भएका हुन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प हुन् भने डेमोक्रेटबाट कमला ह्यारिस उम्मेद्‌वार छिन् । त्यस्तै डेमोक्रेटले अहिलेसम्म ४२ सिट जितेका छन् ।

अहिलेसम्म रिपब्लिकनले डेमोक्रेटले अघिल्लो निर्वाचनमा जितेका २ सिटमा विजयी हुँदै सिनेटमा बहुमत हासिल गरेका हुन् । रिपब्लिकन पार्टीले अघिल्लो चुनावमा डेमोक्रेटले जितेका वेस्ट भर्जिनिया र ओहाओमा जित हासिल गरेका हुन् । अघिल्लो चुनावमा दुवै दलले ४९-४९ सिट जितेका थिए । त्यसैगरी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभमा भने रिपब्लिकनले अहिलेसम्म १८३ र डेमोक्रेटले १५५ सिट जितेका छन् । ५३५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि २१८ सिट आवश्यक पर्दछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment