Search

रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै

रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै

नेपाल सम्वत् ११४५, कछलाथ्वः ४ (२० कार्तिक, २०८१) ५ नोभेम्वर, २०२४, मंगलबार, बाँपीझ्याला । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्व उपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ । लामिछाने र जोशीको बयान सकिए पनि अनुसन्धानका अरू काम बाँकी रहेकाले म्याद थपका लागि उपस्थित गराउन लागिएको हो ।

सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा लामिछाने र जोशीमाथि अनुसन्धान जारी छ । यो प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले आज अदालतमा उपस्थित गराउने तयारी भएको जानकारी दिनुभयो । “बयान सकिए पनि अरू प्रक्रिया बाँकी छन् । उहाँहरूलाई आज अदालत लगिन्छ,” शर्माले भन्नुभयो ।

गोरखा मिडियामा पोखराको सूर्य दर्शनको रकम नियम विपरीत लगी ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । ३ गते बिहान पोखरा ल्याइएपछि उहाँलाई यसअघि पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप भइसकेको छ । बिचमा तिहार बिदा परेकाले मङ्गलवार मात्र म्याद थपका लागि लैजान लागिएको हो ।

असोज ६ गते पक्राउ पर्नुभएका जोशीसँगै सूर्य दर्शन ठगी आरोपमै पक्राउ पर्नुभएका लीला पछाई र रामबहादुर खनाललाई पनि सँगै म्याद थपका लागि अदालत लैजाने तयारी छ । सूर्य दर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ ।

आफ्नो बयानमा लामिछानेले सहकारी ठगीमा संलग्नता अस्वीकार गर्नुभएको छ । गोरखा मिडियामा रकम व्यवस्थापन र परिचालन आफूले गर्ने नगरेको उल्लेख गर्दै उहाँले सूर्य दर्शनको सञ्चालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले ऋण लिने कुरै नहुने उहाँले बयान दिनुभएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment