Search

सन्दर्भ नेपाल सम्वत् ११४५ : प्राचिन शहर द्वाल्खा र यसको पारस्परिक सम्वन्ध

सन्दर्भ नेपाल सम्वत् ११४५ : प्राचिन शहर द्वाल्खा र यसको पारस्परिक सम्वन्ध

उपेन्द्र प्रधान, दोलखा
नेपाल सम्वत् ११४५, कछलाथ्वः १ शनिवार, (१७ कार्तिक, २०८१) २ नोभेम्वर, २०२४, शनिवार, बाँपीझ्याला । नेपाल सम्वत् ११४, कछलाथ्वः नेपाल सम्वत् ११४५ को अवसरमा आज बसन्तपुरमा न्हुदँया समारोसमितीको आयोजनामा विशाल ¥याली प्रर्दशन सँगै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । समारोह समितीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी प्रधानमन्त्री केपी शर्मा आलीको आतिथ्यता रहेको थियो ।

प्रधान मन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४५ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना संगै नेपाल सम्वत्लाई निरन्तर यात्रामा असाधारण योगदान पू¥याएर यहाँ सम्म ल्याई पू¥याउनु हुने अग्रज साथीहरुलाई धेरै धेरै सम्मान, बधाई अनी शुभकामना छ भनी व्यक्त गर्नु भएको छ ।

यसै गरी यस कार्यलाई निरन्तरता दिनु पर्छ भनी अघि बढी रहनु भएका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । साथै शंखधर साख्वाः को सस्मरणमा जुन भावनाले नेपाल सम्वत्को थालनी भएर यहाँसम्म आई पुग्दा कति रमाईलो, दुःख सुख र उतार चढाव हुर्दै आज ४४ औं बर्ष पारगरी ४५ औ बर्षमा प्रवेश गरेको छ ।

यस नेपाल सम्वत्लाई यहाँसम्म पू¥याई संस्कृती संरक्षण गर्न सहयोग गर्नु हुने जानकार अंग्रजहरुलाई प्रति खुसी व्यक्त गर्नु भयो । नेपाल संवतलाई स्थापित गर्न नेवार बुद्धिजीविहरुको मुख्य भूमिका रहेको चर्चा गर्दै उनले नेपाल संवतलाई राष्ट्रिय संवत् बनाउन पनि उनीहरुले सङ्घर्ष गरेको बताए ।

नेपाल सम्वत् ११४५ को अवसरमा उपत्यकावासी तिनै शहर काठमाण्डौ, ललितपुर, भक्तपुर र उपत्याका बाहिर दोलखा, सिन्धुपाल्चो, तौथली, लिस्ती, दुती र जेठलका नेवार समूदायको ¥यालीमा व्यापक सहभागीता रहेको थियो । यसै गरी नेवार जातीको बाहुल्यता रहेको अन्य जिल्लाहरुबाट पनी ¥यालीमा सहभागीता रहेको थियो । ¥यालीमा सहभागी नेवार समूदायहरुले आ–आफ्नो स्थानिय बाजागाजा र नृत्य सहीत सहभागीता रहेको थियो ।

यसै गरी नेपाल सम्वत्को अवसरमा नेप्लीज फेसन होमद्वारा मिस नेवाःहरुलाई नेपाली परम्परा अनुसार बसन्तपुर डबलीमा सगुन कार्यक्रमको आयोजना गरिएको थियो । उक्त सगुन कार्यक्रमको सुकुन्दामा बत्ति बालेर उद्घाटन नेवाः देय् दवुका अध्यक्ष पवित्र बज्राचार्य र होमका अध्यक्ष हेमा मानन्धरले गर्नु भएको थियो ।

नेवारी परम्परा अनुसार मिस नेवाःहरुलाई छिजिद्वाल्खा डोबरका अध्यक्ष रिना चाकुबाजी श्रेष्ठ, समकालिन एकता समाज नेपालका महासचिव सुनी प्रधान र युवा समाजसेवी विणा चाकुबजी मानन्धरले सहयोग गर्नु भएको थियो ।

नेपाल सम्वत्को अवसरमा बिभिन्न संंघ–संस्थाहरुको सहभागी हुनुका साथै आ–आफुले प्रकाशन गरेको पत्र–पत्रीका र क्यालेन्डरहरुको विक्री वितरण गर्ने गरिएको थियो । यसै गरी कालिञ्चोक युवा क्लव दोलखाले प्रकाशन गरेको आँखा पत्रिकाको २१ औं अङ्क बसन्तपुरबाट सार्वजनिक गरिएको छ ।

कालिञ्चोक युवा क्लबद्वारा प्रकाशित दोलखा जिल्लाको पहिलो पत्रिका “आँखा” पत्रीका हो । जुन पत्रीकालाई निरन्तरता दिई आज अङ्क २१ सार्वजनिक गर्न सफल भएका छौं भनी क्लवका अध्यक्ष युवा समाजसेवी अनिल चन्द्र श्रेष्ठले बताउनुभ यो । यसै गरी पत्रकार रेखा शाक्य “राजमति“द्वारा लिपिवध्द “नेपालमण्डलका केही जात्राहरू“ पुस्तक प्रकाशनमा ल्याएको छ ।

यसै गरी हिसी मिडिया प्रा.लि.ले नेपाल सम्वत् ११४५ को अवसरमा क्यालेण्डर बार्षिक प्रकाशन गरेको छ । जुन क्यालेण्डले बार्षिक नेवारी जात्रामात्रा, तिथीमिती हेर्न सहयोग हुनेछ भनी प्रकाशनमा ल्याएका छौं भनी मिडियाका अध्यक्ष नेवाः पत्रकार राष्ट्रिय दवुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताउनु भयो ।

प्राचिन शहर द्वाल्खा र नेपाल सम्वत् को पारस्परिक सम्वन्ध :
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस प्राचिन शहर दोलखा हाल आएर भीमेश्वर नगर दोलखा नामले प्रख्यात रहेको छ । विशेष गरी नेवार जातीको बसोबास रहको यस भीमेश्वर नगर दोलखामा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक दोलखाको नेपाल भाषा प्रचलनमा रहेको छ । मल्लकालमा डेढसय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।

दोलखा शहर, यसको ऐतिहासिक नाम मल्लकालिन शासनकालसम्म अभयपुरबाट चिनिएको थियो भने बिक्रम सम्वत १५३८ मा यक्षमल्लको मृत्यु पछि उपत्ययकाको राज्य टुक्रा भए पश्चात् दोलखाको त्यसताकाका शासक उदयदेवको पालामा दोलखाधिपतीको रुपमा एउटा स्वतन्त्रराज्यको खडा भयोे । त्यस पछि अभयपुर शव्दको लोप र दोलखा शव्दको उत्पत्ती भयो । यसरी दोलखा शब्दको उत्पती कसरी भयो भन्ने सन्दर्भमा त्यसताका भेट्टाइएका प्रमाणहरु अनुसार ढ्वाकु–ठूलो लुखा–ढोका अर्थात द्वाल्खा, ठूलोढोका भएकोले द्वाल्खा शव्द अप्रभंश हुंदै दोलखा भएको भन्ने मान्यता रहेको छ ।

वि.सं. १५९१ देखि १६०५ सम्म तत्कालीन दोलखा शहरका राजा जयइन्द्रसिंह देवले हिन्दू राज्यकै सबभन्दा पहिलो पटक चाँदीको सिक्का निकाली आफ्नो शासनकालमा आफ्नो र रानी विजयालक्ष्मी महादेवी नामको टक छापी प्रचलनमा ल्याएका थिए जुन तथ्यलाई सावित गर्न ताडपत्र, शिलापत्र र भोजपत्र जस्ता ऐतिहासिक प्रमाणहरु र छाउनी संग्रहालयमा आजसम्म पनि विद्यमान रहेको छन् ।

नेपालको इतिहास निमार्णमा बाबुराम आचार्यले दोलखाको ऐतिहासिक अस्तित्वको शंखनाद पश्चात् धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ को अथक प्रयासबाट वि.स. २०३१ सालमा दोलखालाई इतिहासको पानाभित्र राखिराख्ने जमर्को स्वरुप “दोलखाको ऐतिहासिक रुपरेखा” तयार भयो । पर्यटकीय एवं प्राकृतिक रमणीय स्थानको हिसाबले महत्वपूर्ण मानिएको दोलखा शहरको पूर्वमा आफ्नै विशेषता बोकेको चम्पुजा र उत्तरमा मञ्जुश्री पार्क अवस्थित छ ।

यहाँ बाट मनोरम प्राकृतिक दृश्यले सु–सज्जित स्थानहरुलाई चिर्दै कलकल सुमधुर आवाजमा गौरीशंकर हिमालको चिसो हावा सँग–सँगै आफ्नै तालमा बगिरहेको तामाकोशीको मनमोहक दृश्य हेर्न सकिन्छ । सोही स्थानबाट देखिने प्राकृतिक एवं धार्मिक महत्वको गौरीशंकर हिमाल पर्यटकीयहरुको स्वागतमा हाँसिरहेको भान हुन्छ ।

समुद्र सतहदेखि करीव ७१३४ मिटरको उचाइमा अवस्थित गौरीशंकर हिमाल हिन्दू धर्मावलम्वीहरुका आराध्यदेव शिव र माता पार्वतीको प्रतीक मानिने भएकोले आन्तरिक र बाह्य पयर्टकहरुलाई आरोहण गर्न निषेध गरिएको छ । यस्तै गरी समुद्र सतहदेखि करीव १३ हजार ६ शय २ फिटको उचाइमा अवस्थित कालिञ्चोक भगवती लगायत गणेश ट्वापर यहाँ बाट सजिलै हेर्न सकिन्छ । यी ऐतिहासिक एवं धार्मिक देवस्थलहरुले यस शहरलाई नेपाल अधिराज्यकै महत्वपूर्ण ऐतिहासिक एवं धार्मिक स्थलका रुपमा स्थापित गरेका छन् । तर्सथ ऐतिहासिक दोलखा शहर र नेपाल सम्बतको बारेमा यहाँ बिश्लेषण गर्न खोजिएको छ ।

नेपालमा लगभग लिच्छवीहरुले ७०० सय बर्ष जति राज्यसत्ता संचालन गरेको कुरा इतिहासबाट थाहा पाउन सकिन्छ । सात सय बर्षको राज्य सत्ता संचालनमा लिच्छवी वंशहरुले दुईवटा सम्वत् चलाएको देखिन्छ जुन सम्वत् एक “शक” हो भने अर्को सम्वत् “लिच्छवी” हो । शक सम्वत् संस्कृतिको रुपमा विकास गरिएको र लिच्छवी सम्वत् राष्ट्रको नाउँमा सञ्चालन गरिएको भन्ने मान्यता रहेको पाउँछौं । यसपछि नेपाली संस्कृतिमा यी सम्वत् केही समय हराएका थिए भन्ने भनाइ रहेको छ । तैपनि लिच्छवी सम्वत्का बारेमा नेपालका इतिहासकारहरुवीच मत भिन्नता देखा नपेरका होइनन् । इतिहासकारहरु कसैले लिच्छवी सम्वत् नै हो भनेर भन्ने गरेको पाउंछौं भने कुनै इतिहासकारहरुले कार्तिकाढी बिक्रम सम्वत् भनेर दावी गरेको पाइन्छ । आखिरमा जस्तोसुकै मत भिन्नता भएपनि लिच्छवी वंशहरुले नेपालको भुमिमा संस्कृति र राष्ट्रको परिचय गराउन खोजेको कुरा इतिहासले देखाएको छ । लिच्छवी वंशहरुले छोडेर गएको सम्वत् धर्म, कला संस्कृति आदिले बर्तमान परिवेशमा आएर नेपालको पहिचान र गौरब कायम गर्न सफल रहेको महशुष गरिएको छ । लिच्छवीकालको अन्त र मध्यकालको उदय पछि अर्को नया“ सम्वत्को शुरुवात भएको हामीले पाउंछौं, जुन सम्वत् हो नेपाल सम्वत् ।

नेपाल सम्वत् नेवारहरुको मात्र सम्वत् होइन यो सम्वत् हामी सम्पूर्ण नेपालीको सम्वत् हो । कसै कसैले यो सम्वत् नेवारहरुको मात्र सम्वत् ठानेका छन्, यो एउटा भ्रम मात्र हो । बिशेषगरी नेवार समूदायहरुले प्रचार प्रसार गर्नुका साथसाथै मनाउँदै आएको कारणले गर्दा पनि नेवारहरुको सम्वत् हो भन्ने गरेको पनि हुन सक्छ ।

राजा राघवदेवको शासनकालमा शंखधर साख्वाः भन्ने एक जना ब्यक्तिले आफ्नो सम्पतिले नेपाली जनताको ऋण–मोचन गरीदिएपछि नयां सम्वत् ल्याएको हो । यसरी नयां सम्वत्लाई ल्याइसकेपछि नेपाल सम्वत्लाई नेपाली जनताले इज्जत र गौरवका साथ मनाउँदै आउँनुका साथसाथै शंखधर साख्वाः लाई बिभूति मानिएको छ । हुन त हामीकहाँ बिभिन्न सम्वत्हरु रहेका छन् तर यो नेपाल सम्वत् र बुद्ध सम्वत् बाहेक अरु सबै सम्वत् बाहिरबाट ल्याइएका सम्वत् हुन् भन्ने मान्यता रहेको पाउँछौं । नेपाल सम्वत् म्हःपूजाको दिनमा शुरु हुन्छ भने यो सम्वत्मा प्रयोग गरिएको तिथीमिति चन्द्रमासको आधारमा बनाइएको पाइएको छ ।

मल्लकालमा नेपालमा देखा परेका बिभिन्न लेख, रचना, ग्रन्थ एवं अभिलेखहरुमा नेपाल सम्वत्को प्रयोग भएको तथ्य हामीहरुले अहिलेसम्म पनि पाउंछौं । त्यसै गरी त्यसताकाका मुर्तिकला, बास्तुकला, शिलालेख जस्ता आदि लेखौटहरुमा पनि नेपाल सम्वत्को प्रयोग भएको पाउंछौं । यी बिभिन्न आधारहरुले गर्दा नेपाल सम्वत्को शुरुवात बि.सं. १३८२ तिरबाट भएकोे भन्ने तथ्य हामीले पाउँछौं । राजा राघवदेवको पालादेखि लिएर राणा शासनकालको शुरुवात नहुन्जेलसम्म नेपाल सम्वत्को प्रयोग भइरहेको थियो भने राणाशासनको शुरुवात भएपछि यो संस्कृतिबाट हराउन पुग्यो । यसै गरी राणा शासनको अन्त्य र पञ्चायती ब्यवस्थाको उदय पछि पनि नेपाल सम्वत्को बारेमा चर्चा चलेको थियो तर त्यसबेलाका सरकारले पनि मान्यता दिएको भने पाईदैन ।

यस पछि पञ्चायती ब्यवस्थाको अन्त र देशमा बहुदलीय ब्यवस्था आइसकेपछि नेपाल सम्वत् मान्दै आइरहेको पाउँछौं । यसै गरी जव नेपालमा गणतन्त्र आयो त्यसपछि नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्राप्त भयो । यो सम्वत् नेवारहरुको मात्र सम्वत्को रुपमा हेर्नु हुदैन यो सम्वत् सम्पूर्ण नेपालीहरुको सम्वत् हो ।

बागमती प्रदेशह सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही २०८१ बैशाख २४ गते सोमबारदेखि लागु गरिएको छ । जस अनुसार नेवार जातीको बाहुल्य रहेको स्थानिय, प्रदेश र केन्द्र रहेको कार्यालयहरुमा कामकाजीको भाषामा नेपाल सम्वत् प्रयोग गर्ने घोषणा गरिसकेको छ । तर यसको कार्यान्वय पक्ष अलि कमजोर भएको छ ।

नेपाल सम्वत्ले नेपाल भित्रका उपत्यकाका जिल्लाहरु कान्तिपुर, ललितपुर, भक्तपुर, किर्तीपुर र उपत्यका बाहिरका जिल्लाहरु दोलखा, रामेछाप, सिन्धुपाल्चोक, शंखुवासभा, भोजपुर, धनकुटा, पाल्पा, नुवाकोट, प्यूठान, नेपालगञ्ज, विराटनगर, धरान, सुर्खेत, आदि जिल्ला र शहरहरुमा यसको आफ्नै छुट्टै पहिचान र ऐतिहासिक महत्व रहेको पाइन्छ ।

नेपाल सम्बत् ११४५ को पावन अवशर प्राप्त भएको छ । यसैले ऐतिहासिक शहर द्वाल्खा र नेपाल सम्वत्को बारेमा बिश्लेषण गर्नु सान्दर्भिक हुन्छ । प्राचिन दोलखा शहरमा नेपाल सम्वत्को प्रचलन किराँतकाल देखि नै प्रयोग हुंदै आएको हो । त्यसकारण नेपाल सम्वत् दोलखामा पनि स्वभाविक रुपले प्रयोगमा आएको कुरालाई नर्कान सकिन्न । यस अनुसार औपचारीक रुपमा नेपाल सम्वत् दोलखामा कुन साल देखि मनाउन थालियो भन्ने आधिकारीक जानकारी हालसम्म पुष्टी भएको छैन । तर विशेष गरी २०४६/४७ साल पछि मात्र यस सम्वत्लाई यहाँका नेवार समूदायहरु एवं दोलखाका आदीवासी वासिन्दाहरुले नयाँ बर्षको रुपमा मनाउंदै आइरहेको छन् ।

नेपाल सम्वत् ११४५ को अवसरमा कालिञ्चोक युवा क्लबद्वारा प्रकाशित दोलखा जिल्लाको पहिलो पत्रिका “आँखा” पत्रीकाको २१ अङ्क बसन्तपुर डबलीबाट सार्वजनिक

यहाँ स्थित सामाजिक संघ संस्थाहरुले नेपाल सम्वत्को उपलक्ष्यमा आफ्नो मातृभाषाबाट कविता प्रयोगिता, हाजिरीजवाफ प्रतियोगिता र ¥यालीको आयोजना गरिन्दै आइरहेको छ । त्यस्तै गरी नेपाल सम्वत् १११८ को उपलक्ष्यमा काठमाण्डौ स्थित नेवारी संस्था निभा पुचः र दोलखा स्थित दोलखा सेवा समाजको संयुक्त आयोजना एवं काठमाण्डौ र दोलखाबासी नेवार समूदायहरुको सहयोगमा काठमाण्डौं दोलखा मोटरसाईकल ¥यालीको आयोजना गरिएको थियो । दोलखा स्थित बिभिन्न सामाजिक संघ–संस्थाहरुको प्रतिनिधित्व रहेको अभयपुर संघ–संस्था समन्वय समितिको पहल र हाल स्थानिय संघ–संस्थाको पहलमा नेपाल सम्वत्को उपलक्ष्यमा ¥याली लगायत अन्य कार्यक्रमहरुको आयोजना गरी सहभागी हुर्दै आएका छन् । यसैगरी सदरमुकाम चरिकोटमा लालिगुँरास क्लव र चरिकोट गुठीको आयोजनामा नेपाल सम्वत् ११४५ ¥याली सम्पन्न गरका छन् ।

यसै गरी उपत्यकावासी दोलखाली, तौथली, दुती, जेठल, लिस्तीवासी नेवार समुदायले मुल समारोह समितीले आब्हान गरेको नेपाल सम्वत् ¥यालीमा सहभागी हुर्दै मनाउँर्दै आएका छन् ।

नेपाल सम्वत् ११४५ को अवसरमा चरिकोटमा आयोजित ¥याली कार्यक्रम

प्राचिन शहर दोलखामा नेपाल सम्वत् प्रयोग :


इतिहासमा उल्लेख भए अनुसार त्यसताका दोलखा जिल्ला पनि एक राज्य थियो भन्ने प्रमाण ग्रन्थावलीबाट थाहा पाउँन सकिन्छ भने दोलखाको पूर्वमा सुनकोशी, पश्चिममा दूधकोशी, उत्तरमा तिब्बतको सिमाना देखि लिएर दक्षिणमा तामाकोशी र सुनकोशीको संगम बिन्दुसम्मको सिमाना रहेकोछ । इतिहासकार शिरोमणि बाबुराम आचार्यको भनाइअनुसार किरांतकालदेखि लिच्छवीकालसम्म नेवारी बस्ती रहेको पाउंछौं । त्यस वेला नेपाल सम्वत् ४४६ देखि शुरु भएको पाइन्छ । यसरी दोलखामा नेपाल सम्वत्को प्रयोग ४४६–९५१ सम्ममा बिभिन्न ऐतिहासिक कला–कौशलमा प्रयोग गरिएको पाइन्छ । यसै गरी दोलखामा हालसम्म उपलब्ध भएका भीनपा वडा नं. –२ स्थित नसुको ढुंगेधारामाथि अवस्थित नारायण भगवानको मूर्तिमा कुंदिएको अभिलेखमा पनि नेपाल सम्वत्को प्रयोग भएको पाउँछौं । जसमा नेपाल सम्वत् ५८० अर्थात बिक्रम सम्वत् १५१६ मा स्थापित भएको भनी उल्लेख भएको छ ।

यसै गरी भीनपा –२ पिंगल स्थित छोपती नामले प्रख्यात रहेको ढुंगेधाराको शिरानमा सानो नारायणको मुर्ति रहको छ । त्यसै गरी यसै धारामा दोलखाधिपती श्री उद्धवदेव ठाकुरले नेपाल सम्वत ६११ मा कृष्ण भगवानको मुर्ती स्थापना गरेको उल्लेख रहेको छ । यसै गरी राजा यक्ष मल्लको राज्य विस्तारको समयमा ने.स. ५७४ लेखिएको पाउंछौ । त्यसमा नेपाल सम्वत ५८० मा स्थापना गरेको भन्ने उल्लेख छ । त्यसै गरी हरेक इन्द्रजात्राको बेलामा प्रदर्शन गरिने आकार भैरवको मूर्ति हाथ्वमा पनि नेपाल सम्वत् ५८० लेखिएको पाइन्छ । भीनपा –२ स्थित तलेजु मन्दिर स्थित २ वटा बौद्ध चैत्य मन्दिरहरु रहेका छन् ति मध्ये एउटा चैत्य संगै उक्लने सिढीमा सुताएर राखेको ढुंगामा नेपाल सम्वत ६२२ उल्लेख गरेको पाईन्छ ।

यसै गरी दोलखा शहरको पूर्व उत्तर पट्टि अर्थात भीनपा –२ स्थित प्रख्यात भीमसेन (भीमेश्वर) मन्दिर अवस्थित रहेको छ । यस मन्दिरको उत्तर पट्टिको गिर्दामा केही मुर्तीहरु छन् यी मध्ये माझमा उमामहेश्वरको मुर्ति रहेको छ यस मुर्ती श्री उजोतदेदव ठाकुरकी पत्नी श्रीमा रुपमाले चर्तुदशी ब्रत पुरा गरेको उपलक्ष्यमा नेपाल सम्वत ६४० स्थापना गरेको उल्लेख गरिएको छ भने संगै अर्को गोपिनारायणको मुर्ती रहको छ यसमा नेपाल सम्वत ६४४ उल्लेख गरिएको छ । यसै गरी जिवसिंह भारोले आफ्नो पुत्र र पत्नीको नाउँमा नेपाल सम्वत् ६४४ मा भीनपा –२ तीनधारा (राइती) स्थित गोपिनारायणको मन्दिर स्थापना गरेको पाइन्छ ।

राजा इन्द्रसिंह देव ६५५ मा राजा भएको बेला दुंगल, कोर्छे बहारमा सुनको आकास भैरब बनाई इन्द्र जात्रामा प्रदर्शन गर्न प्रारम्भ गरेको पाइन्छ । यसै गरी भीमसेनको भण्डारमा केही गदाहरु राखिएका छन् । ति मध्ये श्री श्री जयजितादेवको शासनकालमा नेपाल सम्वत ६८९ मा चढाएको गदाहरु पनि रहेको पाइएको छ । यसै गरी महेश्वरदासले चढाएको ताम्रपत्रमा पनि नेपाल सम्वत् ७०४ उल्लेख गरिएको पाइन्छ । भीमसेन (भीमेश्वर) मन्दिरको दक्षिण पट्टि केही घण्टाहरु छन् ति मध्ये एउटा घण्टामा नेपाल सम्वत् ८७१ उल्लेख गरिएको छ भने अर्को घण्टा नेपाल सम्वत ९५१ उल्लेख गरिएको छ । यसरी दोलखाका अधिकांश पुराना मठ–मन्दिरमा अवस्थित पुरा कला कौशल, शिलाका मुर्तिहरुमा नेपाल सम्वतको बढी प्रयोग भएको पाईन्छ । यी बिभिन्न प्रमाणहरुको कारणले गर्दा नेपाल सम्वत् र दोलखाको गाढा सम्वन्ध रहेको पुष्टि हुन्छ ।

अन्तमा नेपाल सम्वत् ११४५ अवसरमा नेपाल सम्वत् मनाईरहेका छौं । जुन सम्वत् नेवार समूदायहरुको मात्र सम्वत् होईन यो ईतिहासले देखाएको छ । त्यसैले गैर नेवार समूदायहरुमा जुन भ्रम सिर्जना भएको छ । त्यसलाई अध्ययनको खाँचो रहेको महशुष गरिएको छ । त्यसैले ढुक्कले नेपाल सम्वत्लाई हामी सम्पूर्ण नेपाली जनताले हर्सोउत्लासले मानौं, आफ्नो पहिचान भएको नेपाल संम्वत्, भाषा, संस्कृती र जात्रामात्रा संरक्षणमा एकठाँउमा जुटौं । यस बर्षदेखि नेपाल सम्वत्लाई बागमती प्रदेश सरकारको दैनिक कामकाजमा प्रयोग गर्ने घोषणा गरिसकेको छ । यो नेपालको मौलिक सम्वत् हो । यस खुसीयाली अवसरमा बाँपीझ्याला मिडिया प्रा.लि., बाँपीझ्याला डटकम लगायत दोलखावासीको तर्फबाट “न्हुलु ११४५ य व्यालाकु भिङ्गु टोनगु” । जय दोलखा, जय भीमेश्वर ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment