नेपाल सम्वत् ११४४, कौलागाः १४ (१५ कार्तिक, २०८१) ३१ अक्टोबर, २०२४, बिहीवार, बाँपीझ्याला । विभिन्न आरोह अवरोह पार गर्दै छापा पत्रकारिताको तीन दशक यात्रासँगै हामी पनि बामे सर्दै न्यू मिडियाको यात्रामा १ दशक पार गरिसक्यौं । यस अवधिमा हामीले छापा पत्रकारिता र अनलाइन पत्रकारितामा भोग्नुपरेका कथा व्यथा आ–आफ्नै छँदैछ ।
पछिल्लो समय न्यू मिडिया अन्तर्गत सामाजिक सञ्जालले पारेको विभिन्न खाले असरको सामना नेपाली मिडियाले व्यहोर्नु परेको छ ।
आम पाठकवर्ग तथा शुभेच्छुकहरुको तिव्र चासोलाई सम्मेट्ने उद्देश्यका साथ फेरि हामी यस मिडिया मार्फत नेपालका सबै भाषा भाषीहरुको उत्तिकै महत्व रहेकाले आजदेखि हामी अधिकांश प्रयोगमा आउने ५ भाषामा समाचार संप्रेषण गर्ने जमर्काे गरेका छौं ।
जसअनुसार नेपालीहरुको दोस्रो ठूलो महान चाड शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व २०८१ को अवसरमा नेपाली चलन चल्तिको बढी बोली चालीका भाषा अन्तर्गत नेपाल भाषा (नेवारी), मैथिली, अवधी र अंग्रेजी भाषा समेतको समाचारहरु प्रकाशित गर्ने जमर्काे शुरु गरेका छौं ।
यी भाषा लगायत अन्य भाषाहरुप्रति उत्तिकै हाम्रो सम्मान रहँदारहँदै विभिन्न प्राविधिक कारणले हाल यी ५ भाषामा मात्र हामीले शुरु गर्ने जमर्काे गरेका हौं ।
हाम्रा पाठकवर्ग, शुभचिन्तक, विज्ञापनदाता एवम् आम नेपाली दाजुभाइहरुप्रति सम्मान व्यक्त गर्दै सबैमा आउँदै गरेको महान चाडहरुको शुभकामना व्यक्त गर्दछौं । हाम्रो यस मिडियाप्रति पाठकवर्गको सद्भाव प्राप्त भइरहने विश्वास लिएका छौं ।