
नेपाल सम्वत् ११४४, कौलागाः १३ (१४ कार्तिक, २०८१) ३० अक्टोबर, २०२४, शनिवार, बाँपीझ्याला । दशै, तिहार, छठपर्व २०८१ तथा नेपाल सम्वत् ११४५ को अवसरमा दोलखा पत्रकार समाजद्वारा आज उपत्यकावासी दोलखावासी बिच अर्पण बैङ्केट, नयाँ बानेश्वरमा शुभकामना आदान प्रदान तथा चियापान र देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष ज्ञानेन्द्र कार्कीको सभापतीत्वमा संचालन भएको उक्त कार्यक्रममा दोलखाका अग्रज बरिष्ठ पत्रकार जगदिस खरेलले सम्पूर्ण उपस्थित दोलखावासी महानुभावहरुलाई शुभकामना दिनु हुर्दै दोलखा जिल्लावासी दोलखाको विकास निर्माण र साझी सवालमा एक ठाउँ हुनु पर्ने भनाई राख्नु भएको थियो ।
उक्त चियापान कार्यक्रममा दोलखाका समाजसेवी, कलाकार, संघ–संस्था प्रतिनिधी, राजनितीक पाटीका नेता तथा कार्यकर्ता, पत्रकार र शुभचिन्तक दोलखावासीहरुको व्यापक उपस्थिती रहेको थियो ।
साथै शुभकामना आदान प्रदान, चियापान कार्यक्रम विच देउसी भैलो कार्यक्रमको पनी आयोजना गरिएको थियो ।
अन्तमा विहानीको खाजा कार्यक्रमको व्यवस्थापन गरिएको थियो ।



