Search

भारतलाई हराउँदै नेपाल फाइनलमा

भारतलाई हराउँदै नेपाल फाइनलमा

नेपाल सम्वत् ११४४, कौलागाः ११ (११ कार्तिक २०८१) २७ अक्टोबर, २०२४, आईतबार, बाँपीझ्याला । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।

यस अघि भारतले खेलको ७०औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता हासिल गरेको थियो ।

खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।

त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेंलो कार्ड पाउँदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!