

नेपाल सम्वत् ११४४, कौलागाः ११ (११ कार्तिक, २०८१), २७ अक्टोबर, २०२४, आईतबार, बाँपीझ्याला । दोलखा जिल्लाबाट विद्यावारिधि गरेका व्यक्तिहरुको “दोलखा विद्यावारिधि फोरम” (दोलखा पीएचडी फोरम) गठन गर्ने भएको छ ।
दोलखा जिल्लाको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि ज्ञानको माध्यमबाट सहयोग पुर्याउने र विद्यावारिधि गर्दै गरेका दोलखाली शोधकर्ताहरुलाई सहयोग गर्दे उद्देश्य रहेको थाहा भएको छ । फोरमले आफ्नो उद्देश्य अनुरुपको विस्तृत खाका तयारी पार्न लागेको छ ।
डा. सम्राट आचार्यको संयोजनमा फोरम गठनका लागि भएको भेलामा प्रा।डा। श्याम जोशी, प्रा.डा. कमल ढुंगेल, डा. विष्णुराज उप्रेती, डा. यमुना घले, डा. टीकाराम पोखरेल, डा. साकार शिवाकोटी, डा. भीम दाहाल, डा. वासुदेव घिमिरे, डा. दिपेश खरेल, डा. अनिता श्रेष्ठ, डा. लक्ष्मी ढुंगेललगायतको उपस्थिति रहेको थियो ।
फोरमले दोलखा जन्म घर भई कर्मथलो बनाई विश्वभर रहेका विद्यावारिधि गरेकाहरुलाई सहभागी गराई हरेक तीन महिनामा भेला बैठक गर्ने र दोलखाको आर्थिक सामाजिक विकासका लागि वौद्धिक बहस चलाउने बताइएको छ ।
