Search

त्रिपुरा महिला सहकारी दोलखाको २९ बार्षिक साधारण सभा सम्पन्न, जेष्ठ शेयर सदस्य सम्मानित

त्रिपुरा महिला सहकारी दोलखाको २९ बार्षिक साधारण सभा सम्पन्न, जेष्ठ शेयर सदस्य सम्मानित

नेपाल सम्वत् ११४४, कौलागाः १० (१० कार्तिक, २०८१), २६ अक्टोबर, २०२४, शनिवार, बाँपीझ्याला, दोलखा । त्रिपुरा महिला सहकारी संस्थाको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा दुङ्गल स्थित चम्पूजा पार्कमा सम्पन्न उक्त कार्यक्रम संस्था अध्यक्ष सोममैयाँ श्रेष्ठको अध्यक्षतामा संचालन भएको हो ।

भीमेश्वर नगरपालिका वडा नं २ का वडाध्यक्ष स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा भीेमेश्वर नगरपालीका कार्यपालीका सदस्य मुना श्रेष्ठ, जिल्ला सहकारी संघ लि. को उपाध्यक्ष कृष्ण प्रसाद दहाल, संस्थाको निर्वाचन उपसमिती संयोजक एवं दोलखा बचत संघको उपाध्यक्ष तथा प्रगती बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष जगत प्रसाद सुवेदी, भीमेश्वर नगरपालिकाका सहकारी बिभाग प्रमुख नारायण सेढाई, राष्ट्रिय सहकारी बैंक चरिकोट शाखा प्रमुख यशोधा पौडेल र भीमेश्वर बचत तथा ऋणका सहकारी संस्थाका अध्यक्ष रमेश कुमार चाकुबजी, बालकुमारी महिला कृषि सहकारी संस्था लि.का अध्यक्ष लंका श्रेष्ठ, निर्वाचन उपसमिती संदस्य अधिवक्ता राजेन्द्रनारायण श्रेष्ठ, निर्वाचन उपसमिती सदस्य तिखातल प्रा.वि.का प्रधानध्यापक तिर्थबहादुर जोशी लगायत अन्य शुभचिन्तक महानुभाव र शेयधनी सदस्यहरुकोहरुको उपस्थिती रहेको थियो ।

संस्थाका उपाध्यक्ष सपना श्रेष्ठले प्रमुख अतिथी, अतिथीहरु र उपस्थिती सम्पूर्ण शेयर धनी तथा शुभचिन्तक महानुभावहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो भने उपस्थित प्रमुख अतिथी अतिथीहरुलाई संस्थाका सदस्यहरु रानु श्रेष्ठ र चन्द्रकुमारी श्रेष्ठले माला लगाई व्याचबाट सम्मान गर्नु भएको थियो ।

भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी स्टालीन श्रेष्ठले पानसमा बत्ति बालेर कार्यक्रमको औपचारीक उद्घाटन गर्नु भएको थियो । यसै गरी राष्ट्रिय भावको गित राष्ट्रियगान गाईएको थियो ।

कार्यक्रममा संस्था सचिव सिर्जना खड्काले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । यसै गरी संस्था कोषाध्यक्ष कुमारी जोशी चाकुबजीले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन र चालु आर्थिक बर्षको प्रस्तावित आय–व्यय विवरण प्रस्तुत गर्नु भएको थियो भने लेखा समिती सुपरिवेक्षक विणा श्रेष्ठले लेखा सुपरिवेक्षक समितीको प्रतिवेदन पेश गरिएको थियो ।

यसरी संचालक समिती, समिती उप–समितीबाट प्रस्तुत गरिएको प्रतिवेदन माथी छलफल गरी सर्वसम्मतीले पास गरिएको थियो भनी संस्थाका व्यवस्थापक बुद्धिबहादुर आचाजुले बताउनु भयो ।

संस्थाको उत्तरोतर प्रगती र साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य दिनु हुनेहरुमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष एवं प्रमुख अतिथी स्टालीन श्रेष्ठ, भीमेश्वर नगरपालिकाका सहकारी बिभाग प्रमुख नारायण सेढाई, संस्थाको निर्वाचन उपसमिती संयोजक एवं दोलखा बचत संघको उपाध्यक्ष तथा प्रगती बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष जगत प्रसाद सुवेदी र जिल्ला सहकारी संघ लि. का उपाध्यक्षले आ–आफ्नो र संस्थाको तर्फबाट मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा ७० बर्षभन्दा माथीका जेष्ठ नागरिक शेयर सदस्यहरु ४९ जनालाई नगद सहित सम्मान गरिएको थियो । विगत बर्षको साधारण सभामा न्यानो कपडा वितरण गर्दै आएकोमा यस बर्ष नगदबाट सम्मान गरिएको छ भनी व्यवस्थापक आचाजुले बताउनु भयो ।

साधारण सभामा उपस्थित सदस्यहरुको रजिष्ट्रेशन गर्ने क्रममा कर्मचारीहरु ।

यसै गरी बार्षीक कार्यक्रम अनुसार अधिकतम शेयर खरिदकर्ता शेयर सदस्य नं. १४ की कुमारी जोशी चाकुबजी, असल बचतकर्ता सदस्य नं. १०३ की रत्नमाया श्रेष्ठ, असल ऋणी शेयर सदस्य एैश्वर्यमैया श्रेष्ठ, उत्कृष्ठ उद्यमी, व्यवसायी सदस्य नं. १०० की चन्द्रलक्ष्मी प्रधान, उत्कृष्ठ बाल खुत्रुके बचतकर्ता सदस्य नं. २९८ की रोनिसा श्रेष्ठ सुपुत्री शेयर सदस्य मनिषा श्रेष्ठ र २०८० को एसइइ परिक्षामा सफल बालसदस्य संदस्य नं. ३२९ की अस्मिता  खड्गी सुपुत्री विमा खड्गीलाई सम्मान गरिएको थियो ।
भीमेश्वर नगरपालीकालाई आफ्नो कार्यक्षेत्र बनाई स्थानिय बासिन्दाहरुसंगको आर्थिक वित्तिय क्रियाकलापमा सहकार्य गरि संचालन गर्दै आईरहेको यस सहकारीले गत आर्थिक बर्ष २०८०/०८१ सम्ममा ९ करोड ८९ लाख ९ हजार ६ शय ६० रुपैया ९४ पैसाको कारोबार गर्न सफल भएको छ ।

संस्थाका कोषाध्यक्ष कुमारी जोशी चाकुबजीको प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा शेयर रकम १.१० प्रतिशतले वृद्धी भई कुल शेयर पुँजी रू ६९ लाख ७९ हजार ४ सय शेयर रहेको छ । यसै गरी जगेडा कोषमा ४.६२ प्रतिशतले बृद्दी भई २३ लाख ९४ हजार ७ सय १४ रूपैया ६९ पैसा रहेको छ भने अन्य बैधानिक कोष ५.५३ प्रतिशतले वृद्दी भइ ३३ लाख १० हजार २ सय ६० रूपैया ४८ पैसा रहेको छ ।

बचत तथा निक्षेप दायित्व ७.८० ले बृद्धि भई ८ करोड २८ लाख १५ हजार ३ शय २६ रुपैया संकलन भएको छ । कर्जा सुरक्षण कोषमा २१.७२ प्रतिशतले बृद्धी भई २८ लाख २१ हजार रूपैया रहेको छ । यसै गरी यस गत आर्थिक बर्ष २०८०÷०८१ मा खुद नाफा १ लाख ३५ हजार ५ सय ३ रूपैया भएको छ भनी व्यवस्थापक बुद्धीबहादुर आचाजुले बताउनु भयो ।

यसै गरी यस सहकारीको हालसम्म भीमेश्वर नगरपालीका वडा नं. १ सुस्पामा र वडा नं. ५ माटीमा संकलन केन्द्र राखिएको र आवश्यकता अनुसार नगरपालीकाको अन्य वडाहरुमा पनि संकलन केन्द्र विस्तार गर्दै लाने लक्ष्य रहेको व्यवस्थापक आचाजुले बताउनु भयो ।

कार्यक्रमको अन्तमा, अध्यक्ष सोममैया श्रेष्ठले उपस्थित प्रमुख अतिथी, अतिथीहरु, शुभचिन्तक महानुभाव र सम्पूर्ण शेयरधनी सदस्यहरुलाई उपस्थित भई साधारण सभा सम्पन्न गर्न सहयोग गरेकोमा खुसी व्यक्त गर्नु हुर्दै आभार सहीत हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो । यसै गरी कार्यक्रम सम्पन्न गर्न आ–आफ्नो जिम्मेवारी लिनु हुने संचालक समिती पदाधिकारी, सदस्यहरु र कर्मचारीहरुलाई विशेष धन्यवाद दिनु हुर्दै कार्यक्रम अन्त भएको घोषणा गर्नु भएको थियो ।

फोटो : त्रिपुरा महिला सहकारी संस्था लि., दोलखा ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!