नेपाल सम्वत् ११४४, कौगालाः ३ (४ कार्तिक, २०८१), आईतबार, बाँपीझ्याला । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सोहीअनुसार आइतबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
जसअनुसार सुनको मूल्य तोलामा १ लाख ६५ हजार पुगेको हो । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।