Search

प्रतिशोध र निषेधको राजनीतिको सुरू भयो : डा. सिके राउत

प्रतिशोध र निषेधको राजनीतिको सुरू भयो : डा. सिके राउत

नेपाल सम्वत् ११४४, कौलागाः १(२ कार्तिक, २०८१) शुक्रवार, बाँपीझ्याला । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि प्रतिशोध र निषेधको राजनीतिको सुरु भएको टिप्पणी गरेका छन् ।

‘यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुष्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो,’ शुक्रबार साँझ सामाजिक सञ्जालमा उनले लेखेका छन्,’ हाम्रो धरातल र कैयन् एजेण्डा फरक होला, तर लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा हाम्रो मतैक्यता छ।

आशा छ, रविजी यसबाट सफलतापूर्वक निस्किनु हुनेछ ।‘ पछिल्लो दशकमा सरकारद्वारा ऐनकानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको राउतले स्मरण गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!