Search

ठूला तीन फिल्मको भिडन्त: भोलीबाट ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने

ठूला तीन फिल्मको भिडन्त: भोलीबाट ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने

नेपाल सम्वत् ११४४, कौलाथ्वः ६ (२३ असोज, २०८१) बुधबार, बाँपीझ्याला । भोलीबाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । ठूला तीन फिल्मको भिडन्तले नेपाली बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ ।

सोमबारबाट यी तीनै फिल्मको मल्टिप्लेक्सहरूमा अग्रिम बुकिङ खुला भैसकेको छ । मल्टीप्लेक्सहरूमा सुपरहिट सिरिज‘छक्का पञ्जा ५’ अन्य दुई फिल्मभन्दा धेरै शो पाएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ लाई कूल ९० शो दिएको छ । यस्तै, काठमाडौँका आईएनआई, वान् सिनेमाज्, बिग मुभिज, बिएसआर मुभिज्, एफक्यूब, रञ्जना सिनेप्लेक्ससहित उपत्यकाबाहिरका मल्टिप्लेक्सहरूले पनि ‘छक्का पञ्जा ५’लाई उच्च प्राथमिकतामा राखेका छन् ।

देशभर ‘छक्का पञ्जा ५’ पहिलो दिन करिब ३ सय शो पाउने सम्भावना छ । त्यसपछि भने फिल्मप्रति दर्शकको प्रतिक्रियाका आधारमा शो तय हुनेछ ।

त्यसै विराज भट्टको फिल्म ‘१२ गाउँ’ ले क्यूएफएक्स चेनमा ५३ शो पाएको छ । यस फिल्मले सबै गरेर पहिलो दिन डेढ सयको हाराहारीमा शो पाउने देखिएको छ । फिल्मको ट्रेलरले दर्शकमा निकै राम्रो उत्साह देखाएको छ भने फिल्मको एड्भान्स बुकिङ पनि राम्रो रहेको छ ।

त्यसैगरी जितु नेपालको फिल्म ‘ज्वाइँ साब’ पहिलो दिन देशभर सयको हाराहारीमा शो पाउने भएको छ । क्यूएफएक्सले फिल्मलाई ४० शो दिएको छ । त्यस्तै घटस्थापनाबाट रिलिज भएको‘बेहुली फ्रम मेघौली’ को भने फूलपातीबाट शो कम हुने देखिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!