Search

काठमाण्डौं महानगरपालीकाको पहलमा बाढीमा फसेकाहरुको उद्धार कार्य जारी

काठमाण्डौं महानगरपालीकाको पहलमा बाढीमा फसेकाहरुको उद्धार कार्य जारी

नेपाल सम्वत् ११४४, ञलागाः ११ (१२ असोज, २०८१) शनिवार, बाँपीझ्याला । बिहीबार बेलुका देखि निरन्तर वर्षका कारण काठमाडौँको जनजिवन निकै कष्टकर बनेको छ । काठमाण्डौं महानगरपालीकाको पहलमा ४ वटा बोटको माध्यमबाट बाढीका कारण अलपत्र परेका मानिसहरूको उद्धार कार्य जारी छ ।

अहिले ललितपुरको बालकुमारी हाउजिङ र कर्म नासा खोलामा अलपत्र परका मानिसको उद्धार कार्य सफल भएको छ । यस्तै कालीमाटी पुल नजिकैको वस्ति बाट १७ जनाको उद्धार गरेको छ ।

बल्खु, संखमुल, कुलेश्वर आसपासमा अलपत्र परेका मानिसहरूलाई उद्धार गर्ने कार्य जारी छ । स्वयम्भूमा रुख ढलेर बाटो अवरुद्ध भएको अवरोध हटाएर बाटोलाई सुचारु गरेको । यस्तै सिफल भण्डारेश्वर नजिकै गएको पहिरोका कारण समस्यामा परेका मानिसलाई उद्धार भएको छ । साथै पहिरो रोकथामका लागि ३ वटा त्रिपालले पानीलाई अन्यत्र नै पक्याईएको छ ।

यस्ता विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व हो । आवश्यक सतर्कता अपनाऔँ । विपद सामना गर्न पूर्व तयारी गरौँ भन्ने सन्देश महानगपालीकाले सार्वजनिक गरिएको छ ।

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन्हरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराऔँ ।
साथै आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गरौँ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!