Search

त्रिपुरा महिलाको २९ औं बार्षिक साधारण सभा कार्तिक १० गते चम्पूजा पार्क

त्रिपुरा महिलाको २९ औं बार्षिक साधारण सभा कार्तिक १० गते चम्पूजा पार्क

नेपाल सम्वत् ११४४, ञलागाः ९, शुक्रवार (११ असोज २०८१) बाँपिझ्याला, दोलखा । त्रिपुरा महिला सहकारी संस्था लि. को २९ औं बार्षिक साधारण सभा यही आउँदो कार्तिक १० गते सोमबार गर्ने भनी सार्वजनिक सूचना जारी गरिएको छ ।

यसरी हुन गईरहेको साधारण सभामा र्कािर्तक ११ गते विहान १० बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ भनी जारी सूचनामा उल्लेख गरिएको छ । साधारण सभामा आर्थिक बर्ष २०८०/०८१ को कार्यप्रगती प्रतिवेदन, लेखा परिक्षण प्रतिवदेन प्रस्तुत गर्नुका साथै आगामी बर्षको कार्य योजना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भनी संस्थाका व्यवस्थापक बुद्धीबहादुर आचाजुले बताउनु भयो ।

यसै गरी उक्त साधारण सभामा ७० बर्ष माथिका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गर्नुका साथे वि.सं. २०८० सालको सि परिक्षामा ३.२ जिपिएभन्दा माथी ल्याउन सफल संस्थाका नियमित बाल बचत कर्ताहरुलाई पुस्कृत गर्ने कार्यक्रम रहेको समेत व्यवस्थापन आचाजुले बताउनु भयो ।

सम्मान गर्न छनौट गरिएका विद्यार्थीहरुको लब्धाङ्कपत्रको प्रतिलिपी यही कार्तिक ५ गतेसम्म बुझाउनु पर्ने समेत वहाँले जानकारी दिनु भयो ।

भीमेश्वर नगरपालीका वडा नं. २ चम्पूजामा हुन गईरहेको उक्त साधारणसभामा सम्पूर्ण शेयर धनी सदस्यहरुको अनिवार्य उपस्थितीको लागि हार्दिक आग्रह सहीत आमन्त्रण गरिएको छ भनी संस्थाका सचिव श्रृजना श्रेष्ठले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!