नेपाल सम्वत् ११४४, ञलागाः ७ (९ असोज, २०८१) बुधबार, बाँपीझ्याला । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कामका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् ।
ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेत पक्राउ परेका छन् । घुस लेनदेनको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट टोली खटिएको थियो । दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताए ।