दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ चामसलीमा बा नारायण बहादुर मल्ल तथा आमा भुवनदेवी मल्लको आयुष्मान जेष्ठ सुपुत्र अशोक मल्ल हुनु हुन्छ । वि.सं. २०३० साल पौष १४ गते जन्मनु भएको मल्लले प्रविणता प्रमाण तहसम्म अध्ययन पुरा गर्नु भएको छ ।
शार्दा माध्यमिक विद्यालय देवपतनमा कक्षा १ देखि ८ सम्मको अध्ययन पुरा गरी कक्षा ९ देखि भीम माध्यमिक विद्यालय दोलखाबाट अध्ययन पुरा गरी वि.सं. २०४७ सालमा एस.एल.सि. पास गर्नु भएको हो ।
वि.सं. २०५५ सालमा भक्तपुर–५ बोलाछें निवासी निरु मल्लसँग बैबाहिक जिवनमा बाँधिएका मल्लको दुई छोरी सिम्रण मल्ल, श्रृया मल्ल र एक छोरा अनिष मल्ल छन् । जेठी छोरी सिम्रन मल्ल व्यवस्थापन विषयमा स्नातकसम्मको अध्ययन पुरा गरेकी छिन् भने कान्छी छोरी श्रेया मल्ल कक्षा १२ मा अध्यरत छिन् । यसै गरी छोरा अनिस मल्ल हाल कक्षा ७ मा अध्यरत छन् ।
जन्मघर भीमेश्वर नगरपालीका वडा नं. २ कोेर्छे चामसली भएका मल्ल हाल नागार्जुन नगरपालीका वडा नं.–५, शरणपुर, सितापाईलामा बसोबास गर्दै आउनु भएका छन् ।
वि.सं. २०४५/०४६ बाट आफुले गार्मेन्ट कारखानाबाट आफ्नो जागिर शुरु गर्नु मल्लले विचमा पर्यटकहरुलाई आवश्यकीय सामान विक्री गर्नको लागि क्यरियो पसल खोल्र्दै अगाडी बढ्नु भयो । यसै गरी वि.सं. २०५१/०५२ मा ह्याण्डी क्याफ्टको काम शुरु गर्नु भई सिंगापुर र मलेसियाबाट सामान आयात गरी विक्रि वितरण गर्नु भएको थियो । यसको साथै खाद्य सामाग्रीको सप्लाई गरेको समेत सस्मरण गर्नु हुन्छ ।
यसै गरी वि.सं. २०५८/०५९ देखि हालसम्म निरन्तर मल्ल क्याटरिङ्ग एण्ड टेण्ट हाउसको नामबाट क्याररिङ्ग सेवा संचालन व्यस्त हुनु हुन्छ । चावहिलबाट शुरु गरिएको क्याटरिङ्ग व्यवसायलाई कोरोनाको माहामारी पछी आफ्नो घर नजिक सितापाईला कुमारी मन्दिरसँगै आफ्नो क्याटरिङ्ग व्यवसायको शाखा कार्यालय विस्तार गरेको बताउनु हुन्छ ।
यसै गरी क्याटरिङ्ग व्यवसाय सिजनल भएकोले त्यो सँग सँगै हार्डवेयर सम्वन्धीको व्यवसाय पनी संचालन गर्दै आएको व्यवसायी मल्लले बताउनु हुन्छ ।
त्रिपुरा ग्रुपसंगको सहकार्यमा प्रसिद्ध धार्मीक पर्यटकिय गन्तव्य कालिञ्चोक भगवती जाने बासस्थान कुरीमा त्रिपुरा रिर्सोट संचालन गर्दै आउनुका साथै प्राचिन नेवारी वस्ती तौथलीमा त्रिपुरा होटेल संचालनको तयारी रहेको समेत बताउनु भयो ।
दोलखा प्राचिनतम आफ्नै मौलिकता भएको शहर भएकोले यसको संरक्षण र विकासको लागि हामी सवै मिलेर काम गर्नु पर्ने बताउनु हुन्छ । यसै गरी जन्मघर दोलखा भएर कर्मघर नेपाल भित्र बाहिर जहाँ भएपनी प्रायः जसो दोलखावासीहरुले आफुले सकेको सहयोग गर्दै आएको वहाँको भनाई रहेको छ ।