Search

बनारसी सहयोगी हातहरुको ११ औं बार्षिक साधारण सभा सम्पन्न

बनारसी सहयोगी हातहरुको ११ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाल सम्वत् ११४४, ञलागाः ४ (५ असोज, २०८१) शनिवार, बाँपीझ्याला । बनारसी सहयोगी हातहरुको ११ औं बार्षिक साधारण सभा विजुली बजार स्थित क्रिष्टल पार्टी भेन्युमा आज सम्पन्न भएको छ । नेपालका बरिष्ठ कलाकार दोलखाका बरिष्ठ समाजसेवी मदनदास श्रेष्ठको विशेष आथित्यतामा सम्पन्न उक्त कार्यक्रम हातहरुका अध्यक्ष युवा समाजसेवी निरेश श्रेष्ठको सभापतीत्वमा सचिव बाबाराजा श्रेष्ठले संचालन गर्नु भएको थियो ।

यसै गरी अतिथीहरुमा नेवाः देय् दवुका केन्द्रिय सदस्य, द्वाल्खा गुठीका महासचिव उपेन्द्र प्रधान, जिल्ला अध्यक्ष देवेन्द्र नारायण प्रधान, श्री पद्मबुद्ध महाविहार दोलखाका अध्यक्ष सुनिल मास्के, कालिञ्चोक युवा क्लवका अध्यक्ष अनिलचन्द्र श्रेष्ठ, समकालिन एकता समाज नेपालका अध्यक्ष सकुना श्रेष्ठ मलेकु, द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष विश्वलक्ष्मी श्रेष्ठ, छिजि द्वाल्खा डोबरका अध्यक्ष रिना चाकुबजी, पाखलती सहयोग समितीका अध्यक्ष श्यामकृष्ण मास्के, जेष्ठ नागरिक एवं समाजसेवी प्रा. अमन श्रेष्ठ, संस्थाका कानुनी सल्लाहकार सुरेश प्रधान, कालिञ्चोक युवा क्लवका पूर्व अध्यक्ष समाजसेवी प्रकास श्रेष्ठ, समाजसेवी हेमराज श्रेष्ठ, पूर्व अध्यक्षहरु लेखनाथ श्रेष्ठ, राम श्रेष्ठ, बसन्त प्रधान, दिपनारायण श्रेष्ठ र जेष्ठ नागरिक सदस्य समाजसेवी रामबहादुर श्रेष्ठ र तिनधारा मिडिया पत्रकार बालकृष्ण श्रेष्ठ लगायत व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।

उपस्थित सम्पूर्ण महानुभावहरुलाई संस्थाका उपाध्यक्ष दिलीप श्रेष्ठले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । यसै गरी संस्थाको बार्षिक प्रतिवेदन संस्था सचिव बाबाराजा श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रेणुका श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । अन्तमा संस्थाको बार्षिक आगामी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

यसरी उपस्थिती विशेष अतिथी, अतिथी र सल्लाहकारहरुबाट शुभकामना मन्तव्य व्यक्त गरिएका थियो । यसै गरी गुन्ला पर्वमा सहयोग गर्नु हुने संघ–संस्था प्रतिनिधी र समाजसेवीहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

विहानको खाना पछी बन्द सत्र शुरु गरिएको थियो भनी संस्थाका अध्यक्ष निरेश श्रेष्ठले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!