Search

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

नेपाल सम्वत् ११४४, ञलाथ्वः१३ (३१ भाद्र, २०८१) सोमबार, बाँपीझ्याला । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् ।

सोमबार बसेको संवैधानिक परिषद् बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषद्ले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्‍मा पठाएको थियो ।

जसमा न्यायाधीशहरू राउतसंगै, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका थिए । ​

संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित राउतको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!