नेपाल सम्वत् ११४४, ञलाथ्वः १२ (२९ भाद्र २०८१) आईतबार, बाँपीझ्याला, दोलखा । बालक्लव दोलखाको आयोजना र भीमेश्वर नगरपालिकाको व्यवस्थापनमा ६० औं बाल दिवसको उपलक्ष्यमा “वालवालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
दोलखा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यता र भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरको विशेष आतिथ्यता, अतिथिहरुमा भीमेश्वर नगरपालीकाका उपप्रमुख कमला बस्नेत, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, भीमेश्वर नगरपालीकाका कार्यकारी अधिकृत विशकसेन ढकाल, वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, वडा नं. ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी, वडा नं. ४ का वडाध्यक्ष तारा चौलागाईं, वडा नं. ७ का वडाध्यक्ष विनोद श्रेष्ठ, वडा नं. ९ का वडाध्यक्ष हिमाल श्रेष्ठ लगायत लगायत स्थानिय जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
उक्त बतृत्वकला प्रतियोगीतामा १९ वटा विद्यालयहरुले सहभागीता जनाएका थिए । जसमध्ये मोर्डन नेपाल प्रथम, कालिन्चोक मा. वि. दोस्रो, देवि मा. वि. तेस्रो र भिम मा. वि. ले सानत्वना स्थान हासिल गरेका छन् ।
बद्री दाहाल, दोलखा