नेपाल सम्वत् ११४४, ञलाथ्वः १२ (३० भाद्र, २०८१) आईतबार, बाँपीझ्याला । ऐतिहासिक शहर दोलखामा ईन्द्रजात्राको अवसरमा लिङ्गो गाड्ने र आकाश भैरवको मुर्ति प्रदर्शन गरी जाँड (काता) खुवाउने जात्रा सम्पन्न भएको छ । दोलखा नेपाल भाषामा मेम्सी स्वारीउरी व ह्वाथो भोके काता तोन्केय नखत भन्ने गरिन्छ ।
यसरी लिङ्ग भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा माथिल्लो टोल, कोर्छे टोल र दुङ्गलटोल अर्थात त्रिपुरा सुन्दरीको मन्दिर अगाडी गाड्ने प्रचलन रहेको भएपनी माथिल्लो, तल्लो टोल र नक्छे टोलमा मात्र लिङ्गो ठ¥याउने कार्य सम्पन्न भएको छ ।
ईन्द्रजात्राको अवसरमा लिङ्गो गाड्ने र आकाश भैरव अर्थात हाथ्व प्रर्दशन गरी जाँड अर्थात काता खुवाई आकाश भैरव (हाथ्व) को प्रसाद समैवजी र काता उपस्थित स्थानिय वासिन्दाहरुलाई सगुन सहित वितरण गरिएको थाहा हुन आएको छ ।
प्राचिन शहर दोलखाको जात्रा तथा पर्वहरु मध्ये येँदला पुनिस (इन्द्रजात्रा) पनि प्रमुख पर्व हो । यो पर्व भाद्र शुक्लपक्ष द्वादशी देखि आश्विन कृष्ण प्रतिपदा आजदेखि ५ दिनसम्म मनाइन्छ । यस पर्वमा दोलखा शहरमा दुङ्गल टोलमा दुई वटा, पिङ्गल टोलमा एउटा, बहिर टोलमा एउटा, कोर्छे टोलमा एउटा, माथिलो टोलमा स्वयम्वु स्तुपसँगै एउटा लिङ्गो गाडिन्छ । पहिला पहिला त्रिपुरासुन्दरी (देवीकोटा) र टसिचा टोलमा पनि गाडिन्थ्यो । यस लिङ्गो गाडिनुको साथ साथै प्रत्येक टोलमा हाँथ्व (अकाश भैरव), इन्द्रको मूर्ति (राजा, रानी भन्ने गरिएको) देवताहरु बाहिर निकालेर पूजा आजा गरी ५ दिन बाहिर राखिन्थ्यो ।
उक्त हाँथ्वहरु दुङ्गल, पिङ्गल, राजकुलेश्वर तलेजु मन्दिर अगाडी, वडा कार्यालयको कोर्छेटोलमा, माथिलो टोलमा र घरघरमा पनि पूजाआजा गरी भैरवको मुखबाट जाँड निकालेर प्रसादको रुपमा दर्शन गर्न आउनेले खाने चलन छ । लिङ्गो गाडिँदा त्यसमा देवता इन्द्रको मकुण्डो राखेर बाँधि ठड्याइएको हुन्छ । मकुण्डो सँगै सिङ्गो एउटा काँक्रो झुण्डयाई राखी ठड्याइ सकेपछि जो लिङ्गोमा पहिला चढ्न सक्छ, उसले उक्त क्राक्रो खानपाउँने र देवतालाई पिटने गर्दछ । उक्त लिङ्गोलाई दोलखाको नेवारी भाषामा मेम्सी र देउतालाई खु देउ भन्ने गरिन्छ ।
यस इन्द्र जात्रामा नाचगान, लाखे नाच, खरिप्याखन, माजिपा डाकस, देवी नाचहरु पनि प्रर्दशन गरिन्छ । यस जात्रा सम्बन्धी टोलै पिच्छे गुठीहरु पनि छन् । ऐतिहासिक प्रमाण अनुरुप वि.सं. १५१६ मा इन्द्रको मूर्ति बनाएको र अन्य भैरव मूर्तिहरु वि.सं. १५०० देखि विभिन्न समयमा बनाएर गुठी राखिदिएको प्रमाणहरु पाइन्छ ।
भरत श्रेष्ठ, अध्यक्ष, भीमेश्वर गुठी व्यवस्थापन समिती