नेपाल सम्वत् ११४४, ञलाथ्वः १० (२८ भाद्र, २०८१) शुक्रवार, बाँपीझ्याला । नेपालको स्विजरल्याण्डको नामले प्रसिद्ध सगरमाथाको प्रवेशद्वार पर्यटकीय गन्तव्य जिरीको सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनीको आयोजना गरेको छ ।
यसरी प्रदर्शनी गरेको चित्रकलामा जिरीको सांस्कृतिक र भौगोलिक विविधतासँग परिचित गराउने र प्राकृतिक सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले यो प्रदर्शनीको आयोजना गरिएको हो ।
दोलखा जिल्लाको प्रमुख पर्यटकिय गन्तव्य मध्येको एक जिरी, यहाँको जनजीवन, संस्कृति, वास्तुकला र सम्पदाहरुलाई कलाकारहरुले क्यानभासमा उतारिएको छ ।
नेपालका ख्यातिप्राप्त कलाकारद्वारा सृजित ३६ थान कलाकृति प्रदर्शनीमा राखिएको छ । यसमा जिरीको भेषभुषा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र संस्कृतिक पक्षलाई कलाकारले क्यानभासमा उर्तान सफल भएको छ ।
प्रदर्शनीमा कलाकार केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पाली सहभागी हुनुहुन्छ । कलाकारले एक्रेलिक र जलरङ (वाटर कलर)को प्रयोग गरी चित्र सृजना गर्नुभएको छ । कार्यशाला र प्रदर्शनीमा कलाकारहरुको संयोजन केशवराज खनालले गर्नुभएको हो ।
आज भदौ २८ गतेदेखि सुरु भएको प्रदर्शनी पर्सी ३० गतेसम्म उमोजा क्याफे, नयाँ बानेश्वरमा प्रदर्शनीमा रहनेछ ।