Search

राष्ट्रपति पौडेलले नेपालका वरिष्ठ १० जना वरिष्ठ महिला चिकित्सक सम्मानित

राष्ट्रपति पौडेलले नेपालका वरिष्ठ १० जना वरिष्ठ महिला चिकित्सक सम्मानित

नेपाल सम्वत् ११४४, ञलाथ्वः १० (२८ भाद्र, २०८१) शुक्रवार, बाँपीझ्याला । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको छ । नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले १० जना महिला चिकित्सकलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय हुनुहुन्छ ।

वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा. बिमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठ हुनुहुन्छ ।

उहाँहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!