Search

असोज ३ गतेदेखि धरहरा सञ्चालन हुने

असोज ३ गतेदेखि धरहरा सञ्चालन हुने

नेपाल सम्वत् ११४४, ञलाथ्वः १० (२८ भाद्र २०८१), शुक्रवार, बाँपीझ्याला । सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवस (असोज) को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने र सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए । त्यतिबेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो ।

२०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो । भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ ।

उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ । यसअघि ९ तले रहेकामा अहिले धरहरा २२ तले छ ।

लिफ्टको प्रयोग गरेर माथि जान सकिने व्यवस्था मिलाइएको छ । भूकम्पले भत्कनुअघि धरहरा काठमाडौं महानगरले सञ्चालन गर्दै आएको थियो । महानगरले साइडवार्कर्स नामको निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment