नेपाल सम्वत् ११४४, ञलाथ्वः ९ (२७ भाद्र २०८१), बिहीवार, बाँपीझ्याला । ढुङ्गेधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भाद्र १८ गतेको संचालक समितीको निर्णय अनुसार संस्थाको पन्धौं बार्षिक साधारण सभा यही असोज १९ गते शनिवार गर्ने भएको छ ।
यसरी हुन गईरहेको साधारण सभामा संस्थाका शेयर धनी सदस्य, शुभचिन्तकहरुलाई उपस्थित हुन संस्थाका अध्यक्ष चेतनाथ न्यौपानेले आग्रह गर्नु भएको छ ।
नार्गाजुन नगरपालीका वडा नं. १ स्थित नव बृद्ध पार्टी प्यालेसमा विहान ८ बजे हुन गईरहको साधारण सभामा निम्न अनुसारको प्रस्ताव पेश गर्ने समेत अध्यक्ष न्यौपानेले बताउनु भयो ।
छलफलका विषयहरु
१. सञ्चालक समितिको तर्फ बाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने प्रतिवेदन पारित गर्ने ।
२. लेखा सुुपरिवेक्षण समितिको प्रतिवेदन संयोजकज्यू बाट प्रस्तुत गर्ने ।
३. आ.व.०८०/८१ को वित्तिय विवरणका आधारमा लेखापरिक्षकबाट तयार पारिएको वासलात,नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहितको सम्बद्ध सुचीहरु कोषाध्यक्षज्यूले प्रस्तुत गर्नुहुने र सो उपर छलफल गरी पारित गर्ने ।
४.आ.व.०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
५. आ.व.०८०/८१ मा सञ्चालक समिति तथा उपसमितिहरुका बैठकहरुले गरेको निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।
६. आ.व.०८०/८१ अन्र्तगत लेखापरिक्षण प्रतिवेदनमा ब्यबस्था भएका कोषहरु यस आ.व. को अनुकुल समयमा बाँडफाडँ गर्ने सम्बन्धमा ।
७. संस्थाको विनियम – २०६६ मा आबश्यक संशोधन गर्ने सम्बन्धमा ।
८.संस्थाको कर्जा लगानी तथा असुली निर्देशिका २०७८ आबश्यक संशोधन गर्ने सम्बन्धमा ।
९. बिबिध ।