Search

दक्षिण अमेरिकी विश्वकप छनौट : ब्राजिल पराग्वेसँग पराजित

दक्षिण अमेरिकी विश्वकप छनौट : ब्राजिल पराग्वेसँग पराजित

नेपाल सम्वत् ११४४, यँलाथ्वः ८ (२६ भाद्र, २०८१) बुधबार, बाँपीझ्याला । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिल पराग्वेसँग पराजित भएको छ । बुधबार बिहान भएको खेलमा पराग्वेले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पराग्वेको जितमा खेलको २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो पराग्वेको विश्वकप छनौटमा दोस्रो जित हो । यो जितपछि ८ खेलमा ९ अंकसहित पराग्वे सातौं स्थानमा रहेको छ ।

त्यस्तै जारी विश्वकप छनौटमा ब्राजिलको यो चौथो हार हो । ब्राजिलले ८ खेलमा ३ जित हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ । यो खेलपछि ब्राजिलको ८ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!