Search

अवदेखि सरकारी कार्यालयमा खाजा खाने समय आधाघण्टा

अवदेखि सरकारी कार्यालयमा खाजा खाने समय आधाघण्टा

नेपाल सम्वत् ११४४, यँलाथ्वः ६ (२४ भाद्र, २०८१) सोमबार, बाँपीझ्याला । सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर हरेक आधा घण्टामा झारिएको छ । आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका छन् ।

“सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,” उनले भनेका छन् ।

उनका अनसार, अब खाजा खाने समय दिउँसो १:३० बजेदेखि २ बजेसम्म कायम गरिएको छ । ओलीले नयाँ नियम उल्लंघन गरेको भेटिए ‘हेलो सरकार’मार्फत उजुरी दिन आग्रह गरेका छन् ।

“कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेलो सरकारमा कम्प्लेन गर्न अनुरोध छ,” प्रधामन्त्री ओलीले भनेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!