नेपाल सम्वत् ११४४, यँलाथ्वः १ (१९ भाद्र, २०८१) बुधबार, बाँपीझ्याला, दोलखा । चरिकोट मिडिया फाउण्डेशनको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको समन्वय तथा रुपकला चरिकोटको प्रवद्धन र फोटो पत्रकार जीवन लामाको सक्रियतामा दोलखा सदरमुकाम चरिकोट स्थित लक्ष्मी लजको हलमा आज बुधबार बाट “फूलः सुरु देखी अन्त्यसम्म” फोटो प्रर्दशनी सुरु भएको छ ।
यस फोटो प्रदर्शनीमा बिभिन्न व्यक्तिहरुले खिचेको फरक–फरक प्रजातिका फूलहरु राखिएका छन् । प्रर्दशनीमा दोलखा जिल्लाको सबैभन्दा कम उचाँईको स्थानदेखी सबैभन्दा बढी उँचाईको स्थानमा पाईने बिभिन्न प्रजातिको फूलहरु राखिएको आयोजक चरिकोट फाउण्डेशनका अध्यक्ष फोटो पत्रकार जीवन लामाले बताउनु भयो ।
फोटो प्रर्दशनीले जिल्लामा पाईने महत्वपूर्ण फूलहरुको संरक्षणमा टेवा पुुग्ने र यसको अध्ययनमा आउनेहरुको लागि सहज हुने अपेक्षा राखिएको लामाको भनाई रहेको छ ।
प्रर्दशनीमा राखिएको फूलका फ्रेमहरु किन्न चाहनेले आफुलाई मन परेको फूलको फ्रेम बुक गर्न सक्ने र प्रर्दशनीको अन्तिम दिन विहिवार लान सक्ने समेत लामाले बताए । फूलका फ्रेमहरु एउटाको १ हजार ५ सय, दुई वटाको २ हजार ५ सय र तीनवटाको ३ हजार ५ सयमा मुल्य रहेको समेत आयोजनले जनाएको छ ।

यसरी जिल्ला भित्र उपलब्ध हुने फुलहरुको प्रर्दशनले दोलखा जिल्लाको धार्मीक पर्यटकिय क्षेत्रमा विकास हुन थप टेवा पुग्ने कुरामा दोलखा जिल्लावासी आशावासी रहेका छन् ।
फोटो : चिरञ्जीवी मास्के