
नेपाल सम्वत् ११४४, यलाथ्वः १ (१९ भाद्र, २०८१) बुधबार, बाँपीझ्याला । मंगलबार अपराह्न काठमाडौँ महानगरका मेयर बालेन साहले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो । कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरेको सचिवालयले दाबी गरेको थियो ।
त्यसपछि मंगलबार नै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई कराबाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन् ।
मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म ६ लाख १ हजार मात्र रहेका छन् । मंगलबार प्रधानमन्त्री ओलीको पेजबाट ‘केपी बा’ नाम गरेको फेसबुकलाई फलो गरिएको थियो तर उक्त पेजमा अनफलो गरेका छन् ।
उक्त ‘केपी बा’ नाम गरेको पेजमा पनि अनफलो अभियान चलाउन सक्ने भएकाले ओलीको सचिवालयले अनफलो गरिएकव बुझिएको छ ।