नेपाल सम्वत् ११४४, गुँलागाः १५ (१७ भाद्र २०८१), सोमबार, बाँपीझ्याला । दोलखा भीमेश्वरमा भक्तजन दाजुभाई, दिदीबहीनीहरुका प्राप्त दान, दक्षिणाबाट नियमित भेटी संकलन भए अनुसार यही २०८१ अषाढ २९ गतेदेखि भाद्र १२ गतेसम्मको भेटी गनिएको छ ।
यसरी भेटी संकलन गणना गर्दा ४ लाख ६ हजार ४ शय १९ रुपैया आम्दानी रहेको छ भनी दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीका कोषाध्यक्ष शुरेशकुमार श्रेष्ठले बताउनु भयो ।
भेटी गणनामा पदाधिकारीको तर्फबाट कोषाध्यक्ष शुरेशकुमार श्रेष्ठ र रोहवरमा शसस्त्र प्रहरी बलको तर्फबाट स.प्र.स.नि. रामबाबु कुशवाहा, स.प्र.ज.सरोज श्रेष्ठ, स.प्र.ज.सुजन शाही, प्र.ब.ह. बच्चु खत्री, प्र.ह. हरि तमाङ र प्र.स.ह. नरेश चौधरीको रोवहवरमा गणना गरिएको छ भनी कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
यसै गरी यसभन्दा अगाडी नियमित भेटी संकलनबाट प्राप्त सहयोग रासि सार्वजनिक गरि सकेको छ ।