नेपाल सम्वत् ११४४, गुँलागाः ११ (१४ भाद्र, २०८१) शुक्रवार, बाँपीझ्याला । नेपाल सांस्कृतिक कला मन्दिर चन्दागिरीको आयोजनामा हुन गईरहेको लाखे नाच प्रर्दशनी आज २०८१ साल भाद्र १४ गते शुरु भई भोली भाद्र १५ गते सम्पन्न हुदैछ ।
यसरी लाखे नाच प्रर्दशनीमा प्राचिन शहर दोलखाबाट भीमेश्वर नगरपालीका वडा नं. २ को संयोजन र बनारसी सहयोगी हातहरुको व्यवस्थापनमा सहभागी भएको छ ।
सहभागीको क्रममा दोलखाबाट दिउँसो नचाईने जो डाकस, बेलुका नचाईने नेपाल डाकस र माझिपा डाकस गरी तिन किसिमको लाखे सहभागी गराईने गरी ल्याईएको छ भनी वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।
यसरी हुन गईरहेको लाखे नाच प्रर्दशनीमा देशभरीका ४५ जिल्लाका लाखेहरुको सहभागीता गराई प्रर्दशनी गराउने लक्ष्य आयोजक नेपाल साँस्कृतीक कला मन्दिर चन्दागिरीको रहेता पनी आजसम्म त्यती नपुगेको आयोजकको भनाई रहेको छ ।
यसरी सहभागी गराईएको लाखेनाच संगै करिव २५ जनाभन्दा बढी कलाकार र बाद्यवादक दोलखावासीहरुको सहभागीता रहेको छ भने उपत्यकावासी करिव ५० जवानभन्दा बढी दोलखावासीहरुको सहभागीता रहेको छ ।
आज यसो झट्ट हेर्दा दोलखामा पो हामी छौं की भन्ने अनुभव हुने गरी आज मच्छेगाउँको मन्दिर वरिपरी दोलखावासी, दोलखाको लाखेनाच, त्यसैगरी म्यासमुचा खलक चेलीहरुको राम्रै उपस्थिती रहेको थियो ।
यसै गरी वडाध्यक्ष स्टालिन श्रेष्ठले अगाडी भन्नु भयो, आफ्नौ मौलिक परम्परा र संस्कृतीले धनी दोलखामा अर्को साल २०८२ मा बृहत्त राष्ट्रिय लाखे नाच प्रर्दशनी गराउने समेत घोषणा गर्नु भएको छ । यसको लागि सम्पूर्ण दोलखावासी र शुभचिन्तक महानुभावहरुलाई आ–आफ्नो ठाउँबाट सहयोग र सल्लाह दिनु हुन पनी आग्रह सहीत अनुरोध गर्नु भएको छ ।
पूर्व वडाध्यक्ष युवा समाजसेवी विराजमान श्रेष्ठ भन्नु हुन्छ, दोलखाको लाखे नाचको आफ्नौ साँस्कृतीक महत्व र मान्यता रहेकोले यसको पहिचान दोलखासँग जोडिएको छ । जसले गर्दा आफ्नै विशेष मौलिकता दोलखाको प्राचिनतासँग जोडिएको छ । यसै गरी चितवनमा वि.सं. २०७५ सालमा सम्पन्न राष्ट्रिय लाखेनाच प्रर्दशनीदेखि हालसम्म दोलखाले लाखेनाच प्रर्दशनीमा निरन्तर भाग लिई आएको छ ।
यसरी लाखेनाच प्रर्दशनीमा सहभागी भई सहयोग गर्ने समकालिन साथीहरु, बाद्यवादक, सहभागी दाजुभाई, दिदीबहीनीहरुमा खुसी व्यक्त गर्नु हुर्दै आगामी दिनमा दोलखामा हुने लाखे महोत्सव प्रतियोगीता अर्थात लाखे नाच प्रर्दशनीको लागि तयारीमा लाग्नु पर्ने समेत बताउनु भयो ।
यस कार्यक्रमका व्यवस्थापक बनारसी सहयोगी हातहरुका अध्यक्ष निरेश श्रेष्ठले छोटो समयमा निर्णय भएर कार्यक्रममा सहभागी हुन आएकोले सोचेको जस्तो राम्रो नहुन सक्छ । तर राम्रो बनाउने आफ्नो र आफ्नो संस्थाको सहयोगी सदस्यहरुको प्रयास भएर यहाँसम्म आउन सफल भएको बताउनु भयो । आगामी दिनमा अझ थप राम्रो संग सहभागी हुने बताउनु हुन्छ ।
उक्त लाखे प्रर्दशनीमा भीमेश्वर नगरपालीका वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठ, पूर्व वडाध्यक्ष विराजमान श्रेष्ठ, नेवाः देय् दवुका केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठ, कालिञ्चोक युवा क्लवका पूर्व अध्यक्ष युवा समाजसेवी प्रकाश श्रेष्ठ, कालिञ्चोक युवा क्लवका अध्यक्ष अनिलचन्द्र श्रेष्ठ, महासचिव सन्तोष प्रधान, बनारसी सहयोगी हातहरुका पूर्व अध्यक्ष युवा समाजसेवी लेखनाथ श्रेष्ठ, द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष विश्वलक्ष्मी श्रेष्ठ, साथीका साथीको पूर्व अध्यक्ष युवा समाजसेवी मनोज चाकुबजी, किर्तीपुरवासी दोलखाली चेली विणा चाकुबजी मानन्धर, शशि श्रेष्ठ, बाद्यवादक प्रेमी कृष्ण श्रेष्ठ र कृषि विज्ञ युवा समाजसेवी लोकशास्ञ श्रेष्ठ लगायत संस्कृती प्रेमी दोलखावासीहरुको व्यापक सहभागीता रहेको थियो ।
बनारसी सहयोगी हातहरुको व्यवस्थापन तथा उक्त कार्यक्रमका संयोजन अध्यक्ष निरेश श्रेष्ठले गर्नु भएको थियो । यसरी संयोजन गरि आगाडी बढीएको कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र सल्लाहकारहरुको व्यापक उपस्थिती रहेको थियो ।
यसै गरी भीमेश्वर नगरपालीका वडा नं. ३ चरिकोटबाट पनी लालीगुँरास युवा क्लव चरिकोटको संयोजनमा लाखेनाचको सहभागीता गराईएको छ भनी युवा समाजसेवी जयराम श्रेष्ठले बताउनु भयो ।