Search

साफ यू-२० च्याम्पियनसिप फाइनल : आज नेपाल र बंगलादेश भिड्दै

साफ यू-२० च्याम्पियनसिप फाइनल : आज नेपाल र बंगलादेश भिड्दै

नेपाल सम्वत् ११४४, गुँलागाः १० (१२ भाद्र, २०८१) बुधबार, बाँपीझ्याला । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो २:३० बजेदेखि हुने भएको छ । लगातार भइरहेको वर्षाका कारण दशरथ रंगशाला खेल्न योग्य नभएपछि फाइनल खेल पनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ ।

नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बंगलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपाल र बंगलादेश यस प्रतियोगीताको एकै समुह ‘ए’ मा रहेका थिए । समुह चरणको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले अहिलेसम सन्‌ २०१५ र सन्‌ २०१७ मा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको भएपनि बंगलादेशले भने अहिलेसम्म यो उपाधि जितेको छैन । बंगलादेश अहिलेसम्म सन्‌ २०१७, सन्‌ २०१९ र सन्‌ २०२२ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!