नेपाल सम्वत् ११४४, गुँलागाः ९ (११ भाद्र, २०८१) मंगलबार, बाँपीझ्याला । नेकपा एकीकृत समाजवादीका १८ पदाधिकारीका लागि निर्वाचन हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको निर्वाचन आयोगका प्रमुख माधव पौडेलले जानकारी दिए ।
पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम आज बिहानदेखि सुरु भई दिउँसो २ देखि ५ बजेसम्म मतदान हुने छ ।
मंगलबारनै मतगणना थालिने जनाइएको छ । मंगलबार एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्ने छ ।