Search

पर्यटन मन्त्रि पाण्डेद्वारा व्यवसायी सापकोटाको “आधा शताब्दी” लोकार्पण

पर्यटन मन्त्रि पाण्डेद्वारा व्यवसायी  सापकोटाको “आधा शताब्दी” लोकार्पण

नेपाल सम्वत् ११४४, गुँलागाः ८ (१० भाद्र, २०८१) सोमबार, बाँपीझ्याला, रानीवन । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मणात्मक कृति “आधा शताब्दी” नामक पुस्तक संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री माननीय बद्रिप्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा लोकार्पण भएको छ ।

हिमालयन सोसल जर्नी काठमाण्डौंका प्रवन्धक पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको सभापतीत्वमा संचालन भएको उक्त लोकार्पण कार्यक्रममा विशेष अतिथीहरुमा कृषि तथा पशुविकास मन्त्री माननीय रामनाथ अधिकारी र पूर्व माननिय बुद्धिमान तमाङ र पूर्व श्रममन्त्री माननिय डिपी अर्यालको उपस्थिती रहेको थियो ।

यसै गरी पूर्व पर्यटन राज्यमन्त्री माननीय पर्शुराम तामाङ, अतिथीहरुमा नवराज लम्साल र गोरखापत्र दैनिकीमा लामो समयसम्म सम्पादक भएर काम गरी आफ्नो जिम्मेवारी निभाउनु भएका गोकर्ण अर्याल लगायतका व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित सम्पूण महानुभावहरुलाई हिमालय सोसल जर्निकाका तर्फबाट सापकोटाका छोरा अमृत सापकोटाले स्वागत भाषणद्वारा स्वागत गर्नु भएको थियो ।

पर्यटन व्यवसायी सापकोटाले आफ्नो पुज्यनिय मुमा ललितादेवी सापकोटा र बुबा दिवंगत टंकप्रसाद सापकोटाप्रति समर्पण गरी यो पहिलो कृति “आधा शताब्दी” प्रकाशन गनु भएको पहिलो कृति हो ।

हिमालयन सोसिएल जर्नीले यो किताव प्रकाशित गरिएको हो । सन् २००८ मा पर्यटन व्यवसायी राम प्रसाद सापकोटाको एक्लो प्रयासबाट शुरु भएको हिमालयन जर्नीले आफ्नो धेरै ठाउँमा हैसिएत बनाई सयौ व्यक्तीलाई रोजगार दिन सफल भएको उल्लेख गरिएको छ । कार्यकारी अध्यक्ष सापकोटाको मेहनत र परिश्रमले “आधा शताब्दी” तयार गरेकोमा प्रकाशन जर्नी परिवारको तर्फबाट उहाँ प्रति कृतज्ञता व्यक्त गर्दै उत्तरोतर प्रगतीको कामना गरिएको छ ।

यसै गरी उक्त “आधा शताब्दी” पुस्तकमा लेखक व्यवसायी रामप्रसाद सापकोटाले संस्मरण स्वरुप यो पुस्तकको पानामा आफ्नो जिवनमा अतितदेखि बर्तमानसम्म घटेका सुख दुःखका घटनालाई कोर्ने कोशिस गर्नु भएको छ ।

आफु एउटा सानो परिवारमा जन्म भएर हुर्केर आफ्नो मेहनत र परिश्रमले यो ठाउँमा पुग्न सफल भएको सामान्य व्यक्ती भएको बताउनु भएको छ । यसै गरी जिवनका आफ्ना भोगाईहरु विर्सीन्दै जाने होईन, जिवनका तिनै भोगाईलाई लिपिवद्ध गर्नको लागि आफुले यो “आधा शताब्दी” पुस्तक प्रकाशनमा ल्याएको विचार पुस्तक मार्फत सार्वजनिक गर्नु भएको छ ।

पुस्तकमा अगाडी भनिएको छ, यस पुस्तकले आफुले सोचेको अनुसार विशेष ज्ञान प्राप्त गर्न नसकेता पनी आफ्ना घरपरिवार, साथीभाई, ईष्टमित्र, नाता कुटुम्वल र आफुसँग जोडिएको व्यक्ती, समाजका सदस्यहरुबाट आफुलाई हौसला प्रदान हुनेछ विश्वास लिनु भएको छ ।

पुस्तक लेखनमा प्रेरणा दिने जिवन संगीनी विन्दा सापकोेटा, छोराहरु अमृत र अश्विन, भिनाजुहरु र दिदीहरुमा आभार व्यक्त गर्नु भएको छ । यसै गरी पुस्तक प्रकाशनका लागि घच्घचाई राख्नु हुने ज्योती अधिकारी, सुदर्शन न्यौपाने लगायतका व्यक्तित्वहरुलाई विशेष धन्यवाद दिनु भएको छ ।

“आधा शताब्दी” पुस्तकमा उहाँको जिवनको यात्राको २१ श्रृखंलाको बारेमा बर्णन गर्नु भएको छ । जुन श्रृखलाले आफ्नो जिवनमा परिवर्तन भएको उल्लेख गर्नु भएको छ । यसरी २१ औं श्रृखँलामा आफ्नो महत्वपूर्ण घडी वितेको बारे बर्णन गरिएको उक्त “आधा शताब्दी” नामक पुस्तकमाथी बिभिन्न व्यक्तित्वहरुले टिप्पनी तथा विवेचना गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी, विशेष अतिथी, अतिथीहरुले उहाँले निकाल्नु भएको यस पुस्तकको बारेमा समिक्षा गर्नु हुर्दै आफ्नो जिवनको महत्वपूण क्षणहरुको बारेमा कितावको पानामा उर्तान सफल हुनु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

उक्त लोकार्पण कार्यक्रममा धादिङ जिल्लाका बिभिन्न क्षेत्रमा अग्रस्थानमा रहनु भएका व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

यसरी सम्पन्न उक्त “आधि शताब्दी” पुस्तक विमोचन कार्यक्रममा बढी भन्दा बढी पर्यटन क्षेत्रमा रहेका उपत्यकावासी धादीङे दाजुभाई, दिदीबहीनीहरुको व्यापक उपस्थिती रहेको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!