Search

दोलखामा कृष्ण जन्माष्टमी पर्व

दोलखामा कृष्ण जन्माष्टमी पर्व
प्रा. डा. श्याम जोशी

भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अस्टमीको दिन भएकोले श्रीकृष्णको जन्मको दिन मनाउने यो पर्वलाई कृष्ण जन्माष्टमी भनिन्छ । कृष्ण जन्माष्टमी पर्व मनाउन नेपालका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्छ । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा कृष्ण अस्टमी पर्व धेरै धुमधामका साथ मनाइन्छ, र देशका शीर्ष नेता, राष्ट्रपतिले, जो एक समय राजा थिए, अष्टमीको दिनमा भगवान कृष्णलाई श्रद्धांजलि अर्पण गर्न मन्दिरको भ्रमण गर्छन्। कृष्ण जन्माष्टमी पर्व हेर्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरुको घुइँचो लागेको हुन्छ ।

प्रत्येक वर्ष, भारतको महाराष्ट्रका मानिसहरूले धेरै उत्साहका साथ कृष्ण जन्माष्टमी मनाउँछन्। त्याहाँका मान्सिले श्रावण महिना वन यात्रा पनि मनाउंछन् । किम्बदन्ती अनुसार यो महिनामा भगवान कृष्णले मथुरा नजिकै रहेको गोवर्धन पर्वत उचालेर गाँउवासीहरूलाई मुसलधारे वर्षाबाट बचाएका थिए ।

भगवान कृष्णको उत्पत्तिको बारेमा एक प्रसिद्ध किंवदन्ती छ। विष्णुको आठौं अवतार कृष्ण श्रावण महिनाको शुक्ल पक्षको अस्टमीको दिनमा रोहिणीको गर्भ बाट जन्मेका थिए। उहाँले आफ्नो मामा राक्षस कंसलाई परास्त गर्ने उद्देश्यले अवतार लिनु भएको थियो।

उनीहरूको विवाह समारोहमा कंसले परम्परा अनुसार दुलहीको गाडी चलाइरहेको बेला एक दिव्य आवाजले वासुदेव र देवकीको आठौं छोरा बाट कंसको मृत्यु हुनेछ भन्ने घोषणा गर्यो। डराएको कंसले देवकीलाई तुरुन्तै मार्ने बिचार गर्यो तर वासुदेवले आफ्ना सबै बच्चाहरू जन्मेपछि उहाँलाई दिने वाचा गरेर शान्त पारे।

जब देवकी आठौं पटक गर्भवती भइन, भगवानले वासुदेवलाई बालक कृष्णलाई यमुना नदी पारी गोठालाहरूको नेता नन्दगोपालको घरमा लैजान निर्देशन दिनुभयो । शंका उत्पन्न नहोस भनेर उनलाई कृष्णको जन्म भएको समयमा छोरीलाई जन्म दिने गोठालाकी श्रीमती यसोदाको बालक लाई ल्याएर देवकीको बच्चाको रूपमा छोड्न भनिएको थियो। बालकलाई देखेर वासुदेव छक्क परे ।

साँच्चैनै, उनले प्रभुलाई गदा, सुदर्शन चक्र , संख र कमल समातेर बसेको पूर्णरुपमा देखे। भगवानको भविष्यवाणी पूरा भएको थियो। वासुदेवले देवताहरूको निर्देशन पालन गर्दै बच्चा कृष्णलाई गोकुलमा लगे। वासुदेवले एउटा चमत्कार देखे – कारागारका ढोकाहरू आफसे आफ खुले र यमुना नदीको पानी उहाँलाई पार गराउन तल गयो। यमुना नदीको अर्को किनारमा, उसले यशोदाकी छोरी माया संग कृष्णलाई साट्यो र शिशु केटी लिएर जेलमा फर्कियो। कारागारका अधिकारीहरू ब्यूँझिए, बच्चा जन्मेको थाहा पाए र तुरुन्तै कंसलाई खबर गरे।

दुष्ट राक्षसले मायाको खुट्टा समातेर ढुङ्गामा प्रहार गर्न उचाल्यो, तर उनी आफ्नो वास्तविक देवी रुपमा परिणत भइन् र उसलाई गाली गरिन्ः “मुर्ख, मलाई किन मार्ने?“ तिम्रो मृत्यु गराउने मान्छे अर्को ठाउँमा जन्मीसकेकोछ। यति भनि सकेर उनी गायब भइन् । कृष्ण र रोहिणीका सन्तान बलराम गोकुलमा गोठालाहरू संग हुर्के। कंसले तिनीहरूलाई चिन्न र मार्न धेरै प्रयास गरे तर तिनीहरू बाँचे। अन्ततः कृष्णले आफ्नो अवतारको उद्देश्य पूरा गर्दै कंसको वध गरे ।

दोलखामा जन्माष्टमी
दोलखा शहरमा अज्ञात कारणले कृष्ण मन्दिर छैन । तर यहाँ साधारण रुपमै भए पनि उत्सव मनाइन्छ। ई. बिरेन्द्र श्रेष्ठका भनाइ अनुसार दोलखामा सर्ब प्रथम विहार्छे टोलका स्वर्गीय बजीरबहादुर श्रेष्ठले भगवान् कृष्णको काँसको मूर्ति बनाएर वि.सं १९६३ मा पहिलो पटक भगवानलाई खटमा राखेर दोलखा सहरको परिक्रमा गराएर श्रीकृष्णाष्टमी पर्व मनाउने प्रचलन आरम्भ गरेका थिए । उहाँको निधनपछि उहाँका ज्वाइँ स्वर्गीय खड्गबहादुर श्रेष्ठले वि.सं २००५ मा पाटनबाट नयाँ खट ल्याएर कृष्णाष्टमीका दिन भगवान् कृष्णको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गर्ने परम्परालाई निरन्तरता दिनुभएको थियो ।

फाईल तश्विर : दोलखा शहर परिक्रमा ।

पछि विसं २०१९/२० साल तिर ड्वाकुलुङ्गा टोलका स्व. हरिलाल जोशी नामका एक धार्मिक व्यक्ति भारतको खरसाङबाट धेरै वर्ष सानातिना व्यवसाय गरेर दोलखा फर्के । उनले बालगोपालका दुईवटा तामाको मूर्ति ल्याएका थिए । उनले खट बनाएर दोलखा सहरमा व्यवस्थित रुपमा कृष्णाष्टमी पर्व मनाउन थाले । उनले श्रीकृष्णको पूजा–आराधना गर्ने र भगवान् लाइ खटमा राखेर नगरको यात्रामा लैजाने प्रचलन सुरु गरेका थिए जुन अहिले सोही टोलका लक्ष्मण जोशीले जारी राखेका छन् ।

देवकीको जीवन बच्यो, त्यसपछी उनको दम्पतीलाई कैद गरियो र कंसले सावधानीका साथ् जेलको सुरक्षा गर्न आफ्ना भरपर्दो मानिसहरूलाई नियुक्त गरे। समय बित्दै जाँदा, तिनीहरूका छ छोराहरू जन्मे जो सबैलाइ कंसले मारे। जब देवकी सातौं पटक गर्भवती भइन गर्भको रक्षा गर्न देवताहरूले वासुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा भ्रूण राखे । कंस लाइ गर्भपात भएको झूटो समाचार दिइयो ।

स्वर्गीय खड्गबहादुर श्रेष्ठका छोरा इ. बिरेन्द्र श्रेष्ठले जानकारी दिनु भएअनुसार अहिले हरीलाल जोशीका तर्फबाट लक्ष्मण जोशी र बजीरबहादुर श्रेष्ठका तर्फबाट खड्गबहादुर श्रेष्ठको परिवारले प्रत्येक वर्ष कृष्णाष्टमी पर्व संयुक्त रुपमा मनाउँदै आएका छन् । तदनुसार, राती भगवान् कृष्णको जन्म भएकोले सप्तमीको रातमा मूर्तिहरू धुने र सरसफाई गरी भीमेश्वर मन्दिरको भजनपाटीमा सजाएर प्रदर्शन गरिन्छन्। गुठियारहरूले धुप, दीप, नैवेद्य, फलफूल, सेल र पुरी जस्ता रोटी, मिठाई, दूध, दही, घिउ, जुवानो, बिरे नुन, चिउरा आदि चढाएर देवताको पूजा गर्ने गर्दछन्। महिलाहरु उपवास बस्छन र भक्तजनहरूले भक्तिपूर्ण भजन गाउँछन्। त्यो रात केही टोलका उत्साही युवाहरूले राती ‘नेपाल डाकस’ भनिने लाखे नाच पनि देखाउँछन्।

भोलिपल्ट कृष्णजन्माष्टमीको दिउँसो पहिले विधी अनुसार मूर्तिको पूजा गरिन्छ र त्यसपछि परम्परागत बाजा बजाएर भगवानको मुर्तिलाई खटमा राखेर शहर परिक्रमा गराइन्छ । यो जात्रामा कृष्ण र गोपिनीको अभिनय गर्ने नृत्य समूह पनि समाबेश गरिएको हुन्छ । एक साल बाल्यकालमा यस लेखकले अनुराग प्रधानसँगै भगवान कृष्णकी प्रियतम गोपिनीको भूमिका पनि निर्वाह गरेका थिए । जात्रामा गुठियार र भक्तजनहरुको साथै अन्य श्रद्धालुहरु पनि हुन्छन् ।

भगवान कृष्णलाइ सहरका विभिन्न टोलका बासिन्दाले बाटो बाटोमा कुरेर बसेर पुजा गर्ने गर्छन् । शहर परिक्रमा सके पछी जात्रा समुह भीमेश्वर मन्दिरमा फर्कन्छ । त्याहाँ भक्तजनलाई देवताको प्रसाद वितरण गरिन्छ। साथै , संगीत समूह, सुरक्षा समूह र अन्य सहयोगीहरूलाई साधारण भोज खुवाइने गरिन्छ। अहिले सुरक्षाका कारण भगवान् कृष्ण र बालगोपालका मूर्तिहरू भीमेश्वरको अत्याधिक सुरक्षित भण्डारमा राख्ने गरिएकोछ ।

यसरि यो पर्व निजी गुठीमा सञ्चालन हुने गरेको छ, जसलाई धान्न र दिगो बनाउंन गाह्रो छ । २०७९ सालमा एकजना गुठीयार लक्ष्मण जोशीले आफ्नै खर्चमा नयाँ खट बनाए ल्याउंनु भयो र त्यसबेलादेखि त्यही खटमा राखेर मूर्तिहरू घुमाउने गरिन्छ । अहिले गुठियारहरु धेरै जसो काठमाडौंमा बसोबास गर्ने र आर्थिक कठिनाइ सँगै खटमा घुमाउन जनशक्ति समेतको अभाव हुँदा यो पर्व पनि संकटमा परेको छ ।

प्रा. डा. श्याम जोशी
शान्तिनगर, सिद्धिचरण मार्ग
काठमाण्डौ
फोन : ९८४१७३८४७९

प्रा. ड़ा. श्याम जोशी ब्याबसायिक अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ । २०२० को दशक देखि लेखन कार्यमा संग्लग्न उहाँको धेरै आर्थिक तथा सांस्कृति लेखहरु बिभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । उहाँको अर्थशास्त्रका बिभिन्न तहका २७ वटा पाठ्यपुस्तक प्रकाशित भएकाछन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!