Search

काँग्रेस सभापति देउवा निवास अगाडि शङ्कास्पद वस्तु

काँग्रेस सभापति देउवा निवास अगाडि शङ्कास्पद वस्तु

नेपाल सम्वत् ११४४, गुँलागाः ६, (९ भाद्र २०८१), आईतबार, बाँपीझ्याला । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शङ्कास्पद वस्तु भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि राति १ बजे शङ्कास्पद वस्तु फेला परेको हो । तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेपछि रातिबाटै प्रहरीले सो स्थानलाई निगरानीमा राखेको थियो ।

बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेनाको टोली सो वस्तुलाई निष्क्रिय गर्ने कार्यमा लागेको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment