Search

मध्यपुर थिमीमा शुक्रबार राति भैरव नाच प्रर्दशन

मध्यपुर थिमीमा शुक्रबार राति भैरव नाच प्रर्दशन

नेपाल सम्वत् ११४४, गुँलागाः ५ (८ भाद्र २०८१), बाँपीझ्याला, दोलखा । भक्तपुरको मध्यपुर थिमीमा शुक्रबार राति भैरव नाच देखाइएको छ । भैरव जात्राका दिन टोलबासीलाई भोज खुवाइ यो नाच देखाउने चलन छ ।

शुक्रबार राति सुरू भएको भैरव नाच मंगलबार रातभर देखाइएको थियो। यो नाँच हेर्न लायकूदेखि बालकुमारी मन्दिरसम्‍म स्थानीयको भीड लागेको थियो। चपाचोबाट निकालिएको नाँच बालकुमारी मन्दिरको परिक्रमा गरी सोही स्थानमा नचाइन्छ । रातभरि सञ्चालन भएको भैरवनाच शनिबार बिहान मात्र अन्त्य भएको थियो ।

मल्लकालीन वंशावलीमा ‘मदये काम गा गू’ अर्थात नभई नहुने उल्लेख गरिएको नाचमा दुई भैरव, दुई दागी अर्थात देवी र ज्‍यापूको एक गरी पाँचजना व्‍यक्तिले देवताको मुकुण्डो धारण गरी नाँच प्रदर्शन गरिन्छ । भैरव नाचमा तान्त्रिक विद्या अनुसार भैरव, कुमारी र ज्यापू गोको मुकुण्डो लगाइ नाँच्‍नेहरुको शरीरमा दवीदेवता प्रवेश गर्छन् भन्‍ने विश्वास छ।

यसका साथै यो नाँच देखाएमा भूत, प्रेत र अनिष्ट हटेर जान्छ भन्‍ने जनविश्वास छ। परापूर्वकालमा थिमीमा भूत, प्रेतले निक्कै दु:ख दिएपछि भैरव नाच चनाउन थालिएको किंवदन्ती छ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!