नेपाल सम्वत् ११४४, गुँलागा ४ (७ भाद्र २०८१) शुक्रवार, बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखा आफ्नै मौलिकता र किराँतकालिन, लिच्छवीकाली ईतिहास बोेकेको महत्वपूर्ण धार्मीक पर्यटकिय शहर हो । यहाँ आफ्नो छुट्टै महत्व अनी ईतिहास बोकेको बिभिन्न चाडपर्व, जात्रामात्रा र परम्परा रहेको छ ।
यसै गरी यही भाद्र ५ गतेदेखि ९ गतेसम्म राती राती प्रर्दशनी गरिने भैरवकुमारी जात्रा शुरु भएको छ । यसको लागि स्थानिय निकायले प्राथमिकता दिई सडक बत्ति राखेको छैन । यसरी राम्ररी सडक बत्तिको यवस्थापन नभएकोले अन्धकारमा जात्रा संचालन गर्न शिवभक्ती परिवार र गुठीयारहरु बाध्य भएका छन् । हरेक वर्ष स्थानिय निकायले स्थानिय संघसस्थाको सहकार्यमा जात्रापर्वको लागि सडक बत्तीको लागि भनि बजेट निकासा गरेको भए पनि बजेटको सहि सदुपयोग नभएको र दिर्घकालिन प्रभाव नदेखेको स्थानियहरुको गुनासो छ ।
यस बारेमा भीमेश्वर नगरपालीका वडा नं २ का वडाध्यक्ष स्टालिन श्रेष्ठसँग कुरा गर्दा वहाँल सडक बत्ति मर्मत र सम्भार गरी बाल्नको लागि एक महिनादेखि प्रयास भएपनी सम्वन्धीत निकायको ध्यान केन्द्रीत नभएकोले सडक बत्ति विस्तार गर्न गाहे परेको भनाई राख्नु हुर्दै हिजोदेखि आफ्नै पहलमा सडकमा ३२ वटा अस्थाई सडक बत्ति राखेको बताउनु हुन्छ ।
यसरी नेपालको पहिचानसंग जोडिएको जात्रामात्रा, चाडपर्वमा स्थानिय निकाय भीमेश्वर नगरपालीकाले कुनै चासो नलिएकोमा वडा नं. २ का स्थानिय वासिन्दाहरु दुःख व्यक्त गर्दछन् । ५ रातको लागि मात्र नभएर प्रसिद्ध दोलखा भीमेश्वर दर्शन गर्न आउने भक्तजनहरु दर्शन गर्न आउदा यहि सडकबत्तीको अभावले सन्ध्याकालीन आरती र भीडभाडको कारण विहान सवेरै लाईन बस्न जान पर्दा अध्यारोमा हुन सक्ने दुर्घटना र व्यतिगत सुरक्षाको त्रासको कारण निर्धक्क हिडडुल गर्न नसकेको दर्शनार्थीहरुको भनाई रहेको छ ।
भगवान भीमेश्वरको नामबाट नगरपालिकाको नामकरण गरि भीमेश्वर नगरपालिकाको परिचयको आधार दोलखा भीमेश्वर भएता पनि नगरपालिकाले गर्न सक्ने सामान्य कार्य समेत गर्न हिचकिचाएको र नगरको सबै सरसुविधाहरु भीमेश्वर नगरवासीको नाममा चरिकोटवासी स्थानिय वासिन्दाले मात्र नगरपालीकाबाट सुविधा उपयोग गरेको भनाई रहेको छ ।
यसको लागि भीमेश्वर नगरपालीकाको नगर प्रमुख ईस्वरनारायण मानन्धरको ध्यान पुगोस् भन्ने स्थानिय वासिन्दाहरुको भनाई रहेको छ । भीमेश्वर नगरपालीका भनेको यस भित्र भएको ९ वडा पर्दछ भने सुविधा बढी केन्द्र किन पुर्व चरिकोट गाविसले मात्र उपभोग गरेका छन् र त्यहाँ मात्र केन्द्रीत छ भन्ने नगरवासीहरुको भनाई रहेको छ ।
यसमा भीमेश्वर नगरपालीकाका नगर प्रमुख ईस्वरनारायण मानन्धर, उप प्रमुख कमला बस्नेत लगायत सम्वन्धित वडाका वडाध्यहरुको ध्यान जान जरुरी देखिएको छ । यदी भीमेश्वर नगरपालीकाले दोलखा भिमेश्वर र यस आसपासका धार्मीक पर्यटकिय स्थलहरुलाई समय अनुसार प्रवद्र्धन र विकास गरी आन्तरीक बाह्य पर्यटकहरुलाई आउने वातावरण तयार गर्न आनाकानी गर्ने हो भने भोलीका दिनमा नगरवासीले ठुलो क्षती बेहोर्नु पर्ने हुन सक्छ ।
त्यतीवेला जिम्मेवारी कस्ले लिने ? यसै गरी पुराना र ईतिहास कायम रहेको स्थानलाई अवमुल्यन गर्ने अनी कृतिमतालाई मात्र नगरपालीकाले प्राथमिकता दिर्दै कार्य गरेकोमा नगरवासीहरु रुष्ट भएका छन् । यसमा सम्वन्धीत पक्षको समय मै ध्यान पुगोस् भन्ने हाम्रो आग्रह मात्र हो ।