Search

दोलखामा आजदेखि भैरवकुमारी जात्रा शुरु

दोलखामा आजदेखि भैरवकुमारी जात्रा शुरु

नेपाल सम्वत् ११४४, गुँलागा २ (५ भाद्र २०८१) बुधवार, बाँपीझ्याला, दोलखा । भैरव कुमारी रात्रीकालिन जात्रा आज देखि शुरु हुदैछ । भाद्र ५ गते द्धितिया देखि षष्ठि भाद्र ९ गतेसम्म लगातार ५ दिन (बेलुकी बेलुकी) सम्म बेलुका करिव ९–१० बजेदेखि रात्री ३–४ बजेसम्म जात्रा निकाली बिधिपूर्वक नचाई मनाईने चलन रहेको छ । यस किसिमको भैरव कुमारी जात्रा नाच नेपाल राज्य भित्र कतै कही नभएकोले यसको आफ्नै मौलिकता र महत्व रहेको पाईन्छ ।

रातको करिव ९–१० बजेदेखि शुरु भएर विहानको ३–४ बजेसम्ममा यो जात्रा भित्याउने चलन रहेको छ । भैरवकुमारी जात्रा युद्धको शैलीमा वाजा गाजासँगै नाचिन्छ ।

यो जात्रा भैरव र कुमारी र गण सहित दोलखा शहरको टोल टोलमा र यस भित्र रहेको डवलीमा नाचेर पाँच दिनसम्म मनाईने यो जात्रा आफ्नै ऐतिहासिक महत्व अनी पौराणिक कथामा आधारित रहेको छ । जुन जात्रामा दोलखाका स्थानिय वासिन्दा मध्येका शिवभक्ती परिवारका सदस्यहरुमात्र सहभागी हुन पाउने परम्परा रही आएको छ ।

यसै गरी अघिअघि सेना र पछिपछि भैरव र कुमारी आ–आफ्नै भूमिकाअनुसार नाच्दै हिँडेको रोचक दृष्य र प्राचीन युद्ध कला कौशल नाच्ने यो जात्राको विशेषता रहेको छ ।

यसरी युद्धको शैलीमा वाजा गाजासहित भैरव र कुमारी सहित ३२ जना दोलखा शहरको टोल टोलमा र यस भित्र रहेको डवलीमा नाचेर मनाईने चलन रहेकोले यस रात्रीकालिन जात्रा भैरव कुमारीको आफ्नै महत्व रहेको छ । यस जात्रामा ब्रतलिने भक्तजन महिलाहरुको मनोकांक्षा पुरा हुने जनविस्वास रहेकोले भक्तजन स्थानिय महिला दिदीबहीनी ब्रत बस्ने र भैरव कुमारी नाचको दर्शन गरेपछि रातमा प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!