सम्वत् ११४४, गुँलाथ्वः १३ (२ भाद्र,२९८१) आईतबार, बाँपीझ्याला, दोलखा । टेबलटेनिसका स्यान्टु श्रेष्ठ र करातेकी एरिका गुरुङलाई हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।
शनिबार हाम्रो खेलकुद डटकमको नवौं वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा दुबै खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित समा्न गरिएको हो । देश बाहिर हुँदा स्यान्टु अवार्ड कार्यक्रममा थिएनन् । उनको अवार्ड प्रशिक्षक राजेन्द्र कपालीले लिएका थिए ।
स्यान्टु छनोट यात्रा पार गर्दै ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । तीन महिनाअघि लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पेरिस ओलम्पिक २०२४ को दक्षिण एसियाली छनोटमा पुरूषतर्फ फाइनलमा नेपाली संयोग कपालीलाई ४-३ सेटले हराउँदै ओलम्पिकमा पुगेका थिए ।
सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी संगीना वैध र २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्ट पछि छनो चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।