नेपाल सम्वत् ११४४ गुंलाथ्वः १०, (३१ साउन , २०८१) बिहिबार, बाँपीझ्याला, काठमाण्डौँ । विनेश फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने भएकी छिन् ।
विश्व खेलकुदको मध्यस्थता अदालतले बुधबार अगस्टमा उनको अपील अस्वीकार गरेको जनाएको छ । फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिएपछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्दाको सुनवाई १६ अगस्टमा फैसला हुने भनिए पनि उनको अपिल अगस्ट १४ गते नै खारेज गरिएको हो ।
यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् ।
विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरेपछि उनी अदालत पुगेकी थिइन् ।