Search

दोलखाको गुँल्ला पर्व : अल्का अस्पतालद्वारा डापा खलकलाई टिसर्ट प्रदान

दोलखाको गुँल्ला पर्व : अल्का अस्पतालद्वारा डापा खलकलाई टिसर्ट प्रदान

नेपाल सम्वत् ११४४, गुँलाथ्वः ७, (२७ साउन, २०८१) आईतबार, बाँपीझ्याला । प्राचिन शहर दोलखामा मनाईने गुँल्ला पर्वमा सहभागी भई कालिञ्चोक प्रस्थान गर्ने स्थानिय वासिन्दा डापा खलकलाई अल्का अस्पतालका प्रवन्धक एवं अध्यक्ष कुमार थापाबाट टिसर्ट प्रदान गरिएको छ ।

आज अल्का अस्पतालको कार्यालय पुल्चोकमा अध्यक्ष कुमार थापाबाट दोलखाका युवा व्यवसायी समाजसेवीद्वय मनोज चाकुबजी र राजन श्रेष्ठलाई ६५ वटा टिसर्ट हस्तान्तरण गर्नु भएको हो ।

यसैगरी २०७९ सालको मच्छिन्द्रनाथको (बुग्देउ) रथजात्राम सहभागी स्वयमसेवकको लागि व्यवसायी समाजसेवी कुमार थापाले ३ शयवटा टिसर्ट उपलब्ध गराउनु भएको थियो भनी व्यवसायी एवं युवा समाजसेवी राजन श्रेष्ठले बताउनु भयो ।

गुँल्ला पर्व :
प्राचिन शहर दोलखाको वर्ष भरी हुने जात्राको सुरुवात घण्टाकर्णदेखि शुरु भएको मानिन्छ । यसै जात्राबाट आ–आफ्नो जिम्मामा रहेकोे पर्व जात्राहरुको पहिचान गरी आ–आफ्नो पालो लगाउने गर्दछन् । घण्टाकर्ण आंैशी मनाएर परेवाको दिन देखि दोलखामा दुईवटा समूह (तल्लो टोल समूह र माथिल्लो टोल समूह) ले विहान विहान दोलखा शहर भित्रको सम्पूर्ण देवस्थलहरुमा महिषासुर वद गर्नको निम्ती आराधना गरेर बाजागाजा सहित घुमेर पूजाआजा गर्ने प्रचलन छ । उक्त बाजागाजा सहित घुम्ने परम्परा कागे अस्टमीका दिन सम्म यथावत रहन्छ । यसै गरी दानव माथी विजय प्राप्त गर्नको बल प्राप्तीको लागि दोलखाबाट दुई समुह तल्लोटोल, माथिल्लो टोलबाट कालिञ्चोक जाने गर्ने गरिएको छ । यही समुहलाई डापा खलक भनीन्छ ।

को हुन त कुमार थापा ?
काभ्रेपलाञ्चोक जिल्ला पनौती मल्पी निवासी बा तेजबहादुर थापा र आमा गोमा थापा की आयुष्मान सुपुत्र हुन । हाल उहाँ भैसीपाटीमा बसोबास गर्दै आउनु भएको छ । दुईवटा सन्तान अल्का र आयुष रहेका छन् । फार्मेसीमा लामो समय काम गर्दै आएको अनुभव बटुल्नु हुर्दै आफ्नो छोरी अल्काकी नामबाट वि.सं. २०५१ सालमा पुल्चोकमा अल्का फार्मेसी संचालन गर्नु भएको हो । यसै गरी वि.सं. २०६२ सालमा अल्का अस्पताल संचालनमा ल्याएको बताउनु भयो । आज १८ औं बसन्तमा अल्का अस्पताल अगाडी बढीरहेको छ । आजको दिन अल्का अस्पताल जनता माझमा ख्याती कमाई सकेको छ ।

यसको श्रेय विशेषतः ललिपुर, काभ्रे, काठमाण्डौं, भक्तपुर र दोलखा जिल्लावासी लगायत देशैभरीका नेपाली जनतालाई जान्छ । आज उहाँहरुकै सद्भाव र मायाले यस अस्पताल आफ्नो सेवा प्रवाह गर्न सफल भएको छ । जसले यहाँसम्म अस्पताल ल्याउन सफल भएकोमा आफु र आफ्नो परिवार अनी टिमप्रती हर्स व्यक्त गर्नु हुन्छ । यसै गरी अल्का अस्पतालमा ७७ वटै जिल्लाका जनताहरु सेवा लिन आउने भएकोले आफु उहाँहरुलाई सामाजिक सद्भावका साथ सेवा पू¥याउन सक्षम भएकोमा गौरवान्वीत गर्नु हुन्छ । यसरी संचालन भईरहेको अल्का अस्पतालमा बढीभन्दा बढी ललिपुरवासीले सेवा लिएको बताउनु भयो ।

ललितपुरमा बसोबास गर्ने मध्येपनी दुईखालका विरामीहरु यहाँ सेवा लिन आउने गरेका छन् । जुन एक थरी यहाँकै स्थानिय वासिन्दा र अर्को थरी बहालमा बस्ने वासिन्दाहरु रहेका छन् । यसरी बहालमा बस्नेहरु ७७ वटै जिल्लाबाट आएर बस्ने भएकोले पनी अल्का अस्पताल ७७ वटै जिल्लामा प्रख्यात रहेको छ । जुन ख्यातीलाई संस्थागत गर्दै अगाडी बढ्ने आफ्नो मुल उद्देश्य रहनुका साथै छिटो र भरपर्दो सेवा प्रदान गर्नेमा आफु अग्रसर हुर्दै आईरहेको समेत उहाँले बताउनु भयो ।

सेवामुलक व्यवसाय संचालन गर्दागर्दै आफुले सामाजिक क्षेत्रमा पनी सहयोगी हात बढाउनलाई सहयोग गर्ने साथीहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नु हुन्छ । यसै गरी दोलखाको सामाजिक क्षेत्रमा परिचीत गराउन सहयोग गर्नु हुने व्यवसायी युवा समाजसेवी राजन श्रेष्ठ र मनोज चाकुबजीलाई विशेष धन्यवाद व्यक्त गर्नु हुन्छ ।

केही बर्ष अगाडी ललितपुर पुल्चोक निवासी समाजसेवी दोलखाली चेली सकुना श्रेष्ठसँग दोलखा गएको सस्मरण अनी अनुभव सुनाउनु हुर्दै खुसी व्यक्त गर्नु हुन्छ । यसै गरी दोलखावासीहरुसंगको सम्वन्ध बढ्र्दै गईरहेको अवस्थामा दोलखा, अनी त्यस शहर भित्रको आफ्नै मौलिक परम्परागत जात्रामात्रा र परम्परा भित्रपनी आफु परिचीत हुर्दै गएकोले उक्त जात्रामात्रा संचालनमा आफ्नो सहयोग रही रहने समेत बताउनु भयो ।

यसरी सधै सामाजिक क्षेत्रमा सधै सद्भाव अनी निस्वार्थ भावनाबाट प्रेरित भई सेवा गर्ने अवसर प्रदान गर्नुका साथै उहाँको सु–स्वास्थ्य, दिर्घायु र कुृसल मंगलको लागि बाँपीझ्याला डटकम र दोलखावासीको तर्फबाट दोलखा भीमेश्वरमा प्रार्थना गर्दछौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!