नेपाल सम्वत् ११४४, गुँलाथ्वः ६, (२६ साउन, २०८१) शनिवार, बाँपीझ्याला । समकालिन एकता समाज नेपालको अध्यक्ष सकुना श्रेष्ठ मलेकुको सक्रियता तथा समकालिन एकता समाज नेपालको संयोजनमा दृष्टी विहीन बालबालीकालाई दिवा भोजनको व्यवस्थापनमा सहयोग गरेको छ ।
तारकेश्वर नगरपालीका वडा नं. ५ लोलाङ स्थित दृष्टि विहीन बालबालिका केन्द्रमा दृष्टी विहीन बालबच्चाहरुकोे लागि आज विहानको खाना तथा खाजा व्यवस्थापनमा आफ्नो सक्रियतामा संस्थाको संयोजनमा उक्त दृष्टी विहीन केन्द्रमा सहयोग गरेको संस्थाका अध्यक्ष सकुना श्रेष्ठ मलेकुले बताउनु भयो ।
यसरी खाना तथा खाजा व्यवस्थापनमा सहयोग गर्नुका साथै संस्थाले बालबालिकाहरुको लागि अन्य दैनिक उपभोग्य सामाग्री व्यवस्थापनको लागि रु. १६ हजार नगद रासी सहयोग गरेको समेत अध्यक्ष मलेकुले बताउनु भयो ।
यसरी दृष्टी विहीन बालबालीकाहरुको सहयोग अनी सद्भावका साथ सहभागी हुन आमन्त्रण गरी सहयोग गर्नु हुने उक्त बालबालिका केन्द्रका संचालन समाजसेवी विनोद काफ्लेज्यू प्रति संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गरिएको समेत बताउनु भयो ।
अध्यक्ष मलेकुकी दिवंगत सासुआमा अष्टकुमारी मलेकु श्रेष्ठको सस्मरणमा दृष्टी विहीन बालबालिका केन्द्रमा बस्नु हुने बालबालिकाहरुलाई सेवा गर्ने अवसर प्राप्त हुँदा आफु र संस्थाका सहयोगी पदाधिकारी एवं सदस्यहरु शोभाग्यवती भएको बताउनु हुर्दै यसरी नै आगामी दिनमा आफ्नो सक्रियतामा समाज सेवा गर्ने मौका प्राप्त गर्नेमा आफु विश्वस्त रहेको समेत उहाँले बताउनु भयो ।
साथै यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी भई सहयोग गर्नु हुने संस्थाका पदाधिकारी तथा सदस्यहरु र शुभचिन्तक महानुभावहरुमा विशेष सहीत धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्नु भएको छ ।
उक्त दृष्टी विहीन बाल केन्द्रमा २५ जना बालबालिकाहरु छन् ।