नेपाल सम्वत् ११४४, गुँलाथ्वः ५ (२५ साउन, २०८१), शुक्रवार, बाँपीझ्याला । ३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा बाजागाजा, झाँकीसहितको र्याली निकालिएको छ ।
नेवार, तामाङ, राई, मगर, थारु, र लिम्बूलगायत जातीय संस्थाहरुले आफ्नो ब्यानर र्याली निकालेका छन् भने ¥यालीमा सहभागीहरु परम्परात पोशाकमा सजिएका थिए ।
भृकुटीमण्डपबाट निकालिएको र्याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।