नेपाल सम्वत् ११४४, गुँलाथ्वः चौथी, (२४ साउन, २०८१), विहीवार, बाँपीझ्याला । बाँकेमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। साथै उक्त बसले ठक्कर दिँदा १३ वटा खसी-बाख्रा समेत मरेका छन्।
बसको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले सेतोपाटीलाई बताए।
बाँकेको कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको स्कुल बसले ढकेरी पुल नजिकै बाख्रा गोठालालाई ठक्कर दिएको थियो। बसको ठक्करबाट १३ वटा खसी बाख्रा पनि मरेको एसपी कार्कीले बताए। अन्य केही खसी बाख्रा भने घाइते छन्।
ठक्कर दिने बस कोहलपुर नगरपालिका–१२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कुलको भएको उनले बताए। घटनापछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध पारेका छन्। पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरूद्ध पारेको हुँदा डाइभर्सन गरी सवारी चलाइएको एसपी कार्कीले बताए।
‘उनीहरूले बाटोमै शव राखेर सडक खण्ड अवरूद्ध पारेका छन्,’ उनले भने। बसका चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटना बिहीबार साँझ ५ बजे
- नेपाल सम्वत् ११४५, सिल्लागाः चौठी, (४ फागुण, २०८१, १६ फ्रेवअरी, २०२५) आईतबार, बाँपीझ्याला । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न बुढानीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराएको छ । चौथो रोजगार तथा वृत्ति मेलामा नगरपालिकाको ‘शिक्षा, सीप र उद्यमशीलता, रोजगारी हाम्रो प्राथमिकता’ नारासहित वृत्ति मेलामा पत्रकारिता तथा सञ्चार क्षेत्रमा रुचि राख्ने युवाका… […]
- नेपाल सम्वत् ११४५, सिल्लागाः चौठी, (४ फागुण, २०८१, १६ फ्रेवअरी, २०२५) आईतबार, बाँपीझ्याला । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ । यही फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए ।… […]
- नेपाल सम्वत् ११४५, सिल्लागाः चौठी, (४ फागुण, २०८१, १६ फ्रेवअरी, २०२५) आईतबार, बाँपीझ्याला । आज प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कार्यभार थप सबन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसुचीमा उल्लेख… […]
- नेपाल सम्वत् ११४५, सिल्लागाः चौठी, (४ फागुण, २०८१, १६ फ्रेवअरी, २०२५) आईतबार, बाँपीझ्याला । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर… […]
- आजको राशिफल – Today’s Horoscope २०८१ फागुन ४ गते, आइतवार, १६ फेब्रुवरी २०२५। फाल्गुण कृष्णपक्ष चतुर्थी तिथि। हस्त नक्षत्र। चन्द्रराशि कन्या। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, लो, अपरिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने… […]
- नेपाल सम्वत् ११४५, सिल्लागाः चौठी, (४ फागुण, २०८१, १६ फ्रेवअरी, २०२५) आईतबार, बाँपीझ्याला । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपियाँले… […]
- नेपाल सम्वत् ११४५, सिल्लागाः ३ (३ फागुण, २०८१, १५ फेब्रुअरी, २०२५) शनिवार, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरमा क्षमा पुजा गर्दै डोक्छेमी गुठीयार खलक प्रतिनिधीले व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएको छ । विश्व प्रसिद्व प्राचिन शहर दोलखामा अवस्थित दोलखा भिमेश्वर मन्दिरको ४ गुठियार मध्ये दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिको अध्यक्षको प्रतिनिधि गरेको डोक्छे खलकका गुठियारहरुले दोलखा भिमेश्वर… […]
- बालकृष्ण श्रेष्ठ “पासा”, द्वाल्खा माङस ख्वइँत हातिङ् ठाकउ मखेमाङस ड्वाकुन्दांगुनुङ् ख्वइँ फरइमाङस ओप्तेचा मुचापिसिनुङ् ख्वइँ फरइऊ धनीपिसिनुङ् ख्वइँ फरइआले गरीबपिसिनुङ् फरइ । ब्यागल उलि जुकुन् खेउँधनीपिसिन् ढ्याबा ग्वार्मुङ ख्वनहिन्गरीबपिस्न ज्येखँ म्वालेन्च्वङ ख्वनहिन्देउलापिसिन् देकु मि येक्कु येउ ख्वनहिन् जेउमाङस थउथउ ज्येखँये ल्याखान् ख्वइँतन्आन्थिनु माङस ख्वङथेँतु वा गुल्पनुं म्वजु । माङस ख्वङ थेँ जु जुर्सगुलि इमान्दार राष्ट्रपति… […]
- नेपाल सम्वत् ११४५, सिल्लागाः ३ (३ फागुण, २०८१, १५ फेब्रुअरी, २०२५) शनिवार, बाँपीझ्याला । आफूँ बाँचेको समाज र भूगोलबाट शब्दहरु लिए । शब्दहरुमा आफ्नै माटो र संस्कृतिको सुगन्ध दिए । आफैं खेलेको, हुर्केको डाँडापाखा, नदीनाला र गामवेसीका सुसेली संगीतमा मिसिए । जनजीवनका सुस्केरा र उत्सवहरुलाई गीतमा भाकाहरुमा उने । जो हरदम, आफ्नै भूगोल र त्यहीका… […]
- नेपाल सम्वत् ११४५, सिल्लागाः ३ (३ फागुण, २०८१, १५ फेब्रुअरी, २०२५) शनिवार, बाँपीझ्याला । प्राकृतिक स्रोत तथा वित्त आयोगले दोलखा सहित देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको विवरण अनुसार दोलखाका स्थानीय तहहरुको तुलनामा भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाले सबैभन्दा बढी अंक पाएका छन् । जसअनुसार भीमेश्वरले ६२.८ र… […]