Search

फिल्म ‘के घर के डेरा’को दोस्रो श्रृंखला ‘घर नम्बर २’

फिल्म ‘के घर के डेरा’को दोस्रो श्रृंखला ‘घर नम्बर २’

नेपाल सम्वत् ११४४, गुँलाथ्व, तृतिया (२३ साउन, २०८१), बुधबार, बाँपीझ्याला । निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘घर नम्बर २’ को मुख्य अभिनेत्रीमा केकी अधिकारी र उपासनासिंह अनुबन्धित भएका छन् । यो फिल्म ‘के घर के डेरा’को दोस्रो श्रृंखला हो ।

दुवै अभिनेत्रीसँग निर्माताले लिखित सम्झौता गरेको जनाइएको छ । गत वैशाखमा ‘बोक्सीको घर’ सुपरहिट भएपछि केकीले होम प्रोडक्सन बाहिरको फिल्ममा पहिलोपटक काम गर्न लागेकी हुन् ।

‘खुस्मा’को छायांकन सकिएपछि उपासनाको यो नयाँ फिल्म हुनेछ । यसअघि यो फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल अनुबन्धित भइसकेका छन् ।

यो सोसल ड्रामाको छायांकन साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ । बुद्धिसागरले लेखेको कथामाथि खनालले निर्देशन गर्न लागेका हुन् । छायांकन काठमाडौंमा गर्ने तयारी छ ।

ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रिएसनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्मलाई यसैवर्ष रिलिज गर्ने तयारी गरिएको निर्माताले जनाएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!